भूकम्प प्रतिरोधी घरको डेमो प्रदर्शन : एउटा घर गर्ल्यामगुर्लम्मै ढल्यो, अर्को जस्ताको तस्तै

माघ १४, २०७३ मा प्रकाशित | 1200 views

धादिङ, माघ १४  । चौरको बीचमा उस्तै देखिने दुईओटा घर। इट्टा र माटोको जडान गरिएका दुबै घरको छलमा पानी ट्याङ्की राखिएका थिए। एउटा घर पुरै रातो माटोले पोतिका थिए भने अर्को घरको ठाउँ ठाउँमा सेतो तेर्सो धर्सा देखिन्थ्यो । दर्शकहरु पालैपालो दुबै घर नियाली रहेका थिए । दुबै घर छिनछिनमा हल्लिन थाले । पहिले रातो मात्रै देखिएको घरमा राखिएको पानीको ट्याङ्की मात्रै ढलेको थियो । जब घरहरु बेस्सरी हल्लियो सेतो धर्सा नदेखिएको चाही घर गल्र्यामगुर्लुमै ढल्यो ।

भूकम्प प्रतिरोधी घर निर्माणका लागि विहिबार धादिङबेसीमा डेमो प्रदर्शन गर्दाको दृष्य हो यो । अबको पुननिर्माण भूकम्प प्रतिरोधी बनाऔं भन्ने सन्देश दिन दैवि प्रकोप उद्धार समितिले यस्तो डेमो प्रदर्शन गरेको हो । जिल्लाका सरोकारवाला निकायका प्रमुखदेखि विद्यार्थीसम्म प्रदर्शनी हेर्न पुगेका थिए ।

कम्पन मञ्चमा कच्ची र पक्की घरको नमूना राखेर कृत्रिम भूकम्पको धक्का दिएर घरहरु कसरी क्षति पुग्छ भन्ने वारे प्रदर्शनी गरेको थियो । कम्पन दिँदा ढलेको र नढलेको घर हेर्दा खासै फरक थिएन । फरक यक्ति थियो नढलेको घरको गारोमा टाइविम, कुनाबन्धन, शिलबन्धन, लिण्डल र बिम कसिएको थियो कसिएको थियो, ढलेकोमा थिएन । हेर्दा उस्तै देखिएपनि घरको गारो ९वाल० लगाउँदा बिम र बन्धन राखिएन भने त्यो घर कमजोर हुन्छ । सहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङका प्रमुख इन्जिनियर दिलिप भण्डारीले भने, ‘निर्माणको बेला केही कुरालाई ख्याल गर्दा पनि भूकम्प प्रतिरोधी घर तथा भवन बन्छ भन्ने सन्देश दिनका लागि हामीले यो प्रदर्शन गरेका हौं।’

इन्जिनियरका अनुसार घरको जग पुरा भएपछि जमिनको सतहमा पुरै गारोमा टाइबिम कस्नु पर्छ । त्यसभन्दा माथी गारोको चारै सुरमा कुना बन्धन र झ्यालभन्दा तल गारोको बीचमा शिलबन्धन कस्नुपर्छ । झ्याल राखिसकेपछि गारोको वारपार लिण्डलले कस्नुपर्छ । इन्जिनियर भण्डारीले भत्किएको र नभत्किएको घर देखाउँदै बिम र बन्धन राख्ने तरिका सिकाए ।

भूकम्प प्रतिरोधी घर कस्तो हुनुपर्छ भन्नेबारे सुनेर मात्रै जानेकाहरुलाई बिम र बन्धन कसेको र नकसेको घरमा कुन बलियो हुन्छ भन्ने कुरा बुझाउन यस्ता प्रदर्शनीले सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । भूकम्प प्रविधी राष्ट्रिय समाजद्वारा निर्माण गरिएका कच्ची र पक्की नमुन घरहरु राखेर गरिएको कम्पन मञ्च प्रदर्शनीमा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले सरकारबाट पहिलो किस्ता लिन हतार गर्ने र पुनर्निर्माणमा भएको ढिलाई बारे अनुगमन र समिक्षा हुन जरुरी भएको बताए ।

जिल्लामा सम्झौता गरेका करिव ७४ हजार घरधुरीहरु मध्य ५५ हजार लाभग्राहीले दशैं अगावै पहिलो किस्ता लिई सकेको भए पनि ३३ सयले घर निर्माण गरिरहेका छन् भने ३ हजार घरधुरी निर्माणाधिन रहेको जिल्ला दैवी प्रकाप उद्धार समितिले जनाएको छ । भूकम्पले उठिबास नै भएकाहरुले मात्रै पहिलो किस्ता लिनेवित्तिकै निर्माणको काम थालेकोले पुननिर्माणमा ढिलाई भएकोले पुननिर्माणलाई गतिशिल बनाउन सरोकारवालाहरुले जोड दिएका छन् ।

भूकम्पले हल्लाउदा घर कसरी ढल्छ भन्ने कुरा सुनेर मात्रै बुझेकाहरुले कमजोर घर प्रत्यक्ष ढलेको र बिम र बन्धन कसेको घर जस्ताको जस्तै अढिएको देखेपछि अबको घर निर्माण भूकम्प प्रतिरोधी नै बनाउनुपर्ने डेमो हेर्न आएका अधिकांशले प्रतिक्रिया दिएका थिए । यस्तो चेतनामुलक डेमो प्रदर्शनी गाउँ गाउँमा गएर देखाउन सरोकारवालाहरुले सुझाव दिएका छन् आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web