एक हप्तापछि सञ्चालनमा आयो बेनी–दरबाङ सडक

कार्तिक ७, २०८३ मा प्रकाशित | 1 views

एक हप्तापछि सञ्चालनमा आयो बेनी–दरबाङ सडक

काठमाडौँ । म्याग्दीको पश्चिमी भेगका तीन वटा पालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेकाे फापरखेतमा गएकाे असोज ३१ गतेदेखि सुक्खा पहिरो खस्न थालेपछि बन्द भएको सडकमा आजदेखि गाडी चल्न थालेकाे हो ।

२४ किलोमिटर दूरीको बेनी–दरबाङ सडक खण्डलाई म्याग्दीको पश्चिमी क्षेत्रका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने ‘लाइफलाइन’ मानिन्छ ।

लगातारको पहिरोका कारण सडक बन्द हुँदा दशैँ मनाउन जन्मथलो जाने र कार्यक्षेत्रमा फर्कनेलाई समस्या परेको अवस्थामा तत्कालका लागि सडक सञ्चालनमा ल्याइएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web