काठमाडौं, माघ ३ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी डा. निशाकुशुम भण्डारीको पूर्व राष्ट्रपति डा. रामवरण यादवका नाती अभिषेक यादवसँग विवाह भएको छ । पूर्व राष्ट्रपति रामवरण यादवका नाति अभिषेक यादवसित बिहान १० बजेको शुभ साइतमा स्वयंवर भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

यादवको साथमा उनका पिता मुनीलाल यादव तथा आमा किरण यादव समेत आफन्तहरुका साथ शीतलनिवास आएका थिए। राष्ट्रपति भवन शीतलनिवासमा भएको विवाह समारोमा पूर्व राजा ज्ञानेन्द्र, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, सांसदहरु, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कूटनीतिज्ञ लगायतको उपस्थिति थियो ।

16.49¡ÆC