काठमाडौं ।
चरम बिवादीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतले उक्त पदका लागि अयोग्य ठहर गरेको छ ।

संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएका कार्की बिरुद्ध दायर रिटमाथि सुुनुवाई गर्दै न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिंन्हाको इजलासले अयोग्य ठहर गरेको हो ।

आजै मात्र कार्की बिरुद्धको महाअभियोग प्रस्तावमाथिको संसदीय छलफललाई समितिमा पठाउँदै कार्की बिरुद्ध कारवाही गर्न आनाकानी गरिरहेको संसदलाई कार्की अयोग्य ठहर गर्दै सर्वोच्चले थप कारवाहीको लागि बाटो खोलीदिएको छ ।

कार्की बिरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले उनको नियुक्ती गलत र अयोग्य भन्दै सर्वोच्चमा रिट हालेका थिए ।

अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीविरुद्ध दर्ता गराएको निवेदनको पक्षमा १६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

त्यसैगरी, म्याद तामेलीमा अवरोध गर्ने शम्भुबहादुर खत्री, सरिता राई, भेषराज अर्याल, नकुलराज गौतम र प्रबल थापालाई एक हजार रुपैयाँ जरिवाना गर्ने आदेश पनि सर्वोच्चले गरेको छ ।

अख्तियारका निलम्बित प्रमुख आयुक्त कार्कीको नियुक्ति बदर गर्नुअघि आजै सर्वोच्चमा उनको योग्यतासम्बन्धी मुद्धाको बहस सकिएको थियो ।

रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालको तर्फबाट अधिवक्ताहरु शम्भू थापा, निवेदक अर्याल, टिकाराम भट्टराई, रमेश बडाललगायतले बहस गरेका थिए ।

गत पुस ७ गतेदेखि सुरु भएको सुनुवाईमा लोकमानसिंह कार्कीको बचाउ गर्दै वकिलहरु बद्रीबहादुर कार्की, सुशील पन्त, महादेव यादवलगायतले बहस गरेका थिए ।

16.42¡ÆC