चालक अनुमतिपत्र : चार पाङ्ग्रेको अनलाइनवाट दर्ता नहुने,दुई पाङ्ग्रेको लागि यस्तो नियम

पुस १०, २०७३ मा प्रकाशित | 1320 views

काठमाडौं,पुस १० । सरकारले आजदेखि सवारी चालक अनुमति पत्रको फारम अनलाइनबाटै भर्न मिल्ने व्यवस्था गरेको छ । अनलाइन फारम यातायात व्यवस्था विभागको बेवसाइट  www.dotm.gov.np  मा गएर भर्न सकिन्छ । तर यो सुविधा चार पाङ्ग्रेको लाइसेन्सवालाले भने लिन पाउने छैन् । उनिहरुको लागि दर्ता अनलाइनबाट नहुने भएको छ । , दुई पाङ्ग्रेको पनि दिनमा ५ सय मात्रै निवेदन लिइने सूचनामा जनाईएको छ ।

यातायात व्यवस्था विभागको बेवसाइटमा राखिएको सूचना अनुसार हाललाई दुई पाङ्ग्रे सवारी साधनको वर्ग ए (मोटरसाइकल) र वर्ग के (स्कूटर, मोपेड) का लागि मात्रै दरखास्त दिन सकिन्छ। त्यसैगरी ए र के वर्गमा आवेदन पनि दिनमा ५ सय जनाको मात्र स्वीकार गरिने व्यवस्था गरिएको विभागले बताएको छ।

यस अनुसार अब अनलाइनमा पनि जसले पहिला दर्ता गर्‍यो उसको मात्र आवेदन स्वीकार हुनेछ। अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए। अनलाइनबाट आवेदन भर्नका लागि सबैभन्दा पहिला यातायात व्यवस्था विभागको वेभसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जीओभी डट एनपी खोल्ने। त्यसपछि त्यहाँ बाहिर नै अनलाइन सवारी चालक अनुमति पत्र भन्ने देखिन्छ।

सवारी चालक अनुमति पत्रको अनलाइन फारम भर्ने तरिका

त्यहाँ क्लिक गरेपछि भर्नुपर्ने आवश्यक विवरणहरु देखिन्छ। सम्पूर्ण विवरण भरेपछि सेन्डिङ गर्ने । सेन्डिङ एसेप्ट भइसकेपछि आवेदकले एउटा पेपर पाउँछ। त्यो प्रिन्ट गर्ने। त्यसमा पुनः फोटो र फिंगरप्रिन्टका लागि जानुपर्ने समय तोकिएको हुन्छ। त्यही समय पुग्नेगरी त्यो प्रिन्ट कागज लिएर सम्वन्धित कक्षमा जानुपर्दछ। त्यहाँ पुनः फोटो र फिंगरप्रिन्ट लिइसकेपछि भोलिपल्टदेखि नै अन्य परीक्षामा सहभागी हुन सकिनेछ। उत्पयकाबाट लिइने स्मार्टलाइसेन्स बाहेक अन्यको हकमा भने यो नियम लागू हुँदैन। सुरुवातमा यो सेवा काठमाडौं उपत्यकामा मात्र लागू हुनेछ । विभागका अनुसार फारम त देशभरीबाटै भर्न सकिनेछ । तर, अनलाइन फारम भरेका हरुको लिखित परीक्षादेखि ट्रायल सबै काठमाडौंमै हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web