प्राधिकरण सञ्चालक समितिमा अवरोध गर्ने हटाएर नियुक्त नयाँ अनुहार यस्ता छन्

पुस ४, २०७३ मा प्रकाशित | 1638 views

४ पुस, काठमाडौं ।
उर्जा मन्त्रालयले लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने विद्युत प्राधिकरणका तीन सञ्चालकलाई बर्खास्त गरेर नयाँ सदस्य नियुक्त गरेको छ ।

सरकारले आजै नियुक्त गरेका तीन सदस्यमा रुकुम पूर्तिमकाँडा-६ का भक्तबहादुर पुन, बाजुरा मार्तडी-३ का चेतराज जोशी र सुर्खेत विरेन्द्रनगर-६ का उमेशप्रसाद थानी रहेका छन् ।

ऊर्जामन्त्रीका स्वकीय सचिव बसन्त शर्माका अनुसार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालक समिति सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेले काममा अवरोध गरेपछि स्पष्टिकरण चित्तबुझ्दो नपाएपछि हटाएर नयाँ नियुक्त गरिएको हो ।

नियुक्त गरिएकाहरुले भोलीबाटै काम थाल्ने भन्दै शर्माले उनिहरुले प्राधिकरणलाई चुस्त र व्यवस्थित बनाउन सहयोग गर्ने दाबी गरे ।

लोडसेडिङ न्यूनिकरणमा अहसयोग गर्ने प्राधिकरण सञ्चालक समितिका तीन सदस्य बर्खास्त

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web