सुनकोशीमा जीप खस्यो, ७ जनाको मृत्यु, एक बेपत्ता

पुस ४, २०७३ मा प्रकाशित | 646 views

सिन्धुली ।
सिन्धुलीमा  जिप दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनामा परी एकजना नदिमा बगेर बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार काठमाडौंबाट खोटाङको हलेसीतर्फ जादै गरेको बा १२ च ८८९७ नं को स्कारपियो जिप रत्नावती गाविस ३, मध्यपहाडी लोकमार्गको सोखुखोला नजिकबाट सुनकोशी नदीमा खसेको हो ।

२ महिला सहित ६ जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

जीपमा सवार ९ जना मध्ये एकजना हराइरहेका छन भने गम्भिर घाइते दुई महिलालाई उपचारको लागि उदयपुरको घुर्मीतर्फ लगिएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुपाल्चोक फुल्पिङकट्टिؘ–७ का ५० वर्षीय साङदोर्जे शेर्पा, ५७ वर्षीय बाले शेर्पा, ५० वर्षीया निवुटी शेर्पा, सोही गाविस वडा नम्बर ९ की ५० वर्षीया सर्कीनी शेर्पा र जीप चालक लमजुङ समिभन्ज्याङका ४० वर्षका झपटबहादुर गुरुङ रहेका छन् ।

घुर्मी अस्पतालमा उपचारकै क्रममा काठमाडौँ गोलढुङ्गाकी ६० वर्षीया टुकुली शेर्पाको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web