प्रचण्ड सरकारमा शेयरका धनी स्वास्थ्यमन्त्री गगन थापा,नगद ९ हजार मात्र !

मंसिर २९, २०७३ मा प्रकाशित | 1293 views

काठमाडौं,मसिर २९ । प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री गगन थापा शेयरका धनी देखिएका छन् ।  उनले बुझाएको सम्पत्ती विवरण अनुसार उनीसँग १६ तोला सुन र २०० तोला चाँदी छ  । श्रीमती डा। अञ्जना केसीको नाममा १७ लाख २५ हजारको एउटा कार रहेको छ । आफ्नो, छोरीहरु, श्रीमतीका साथै बुबा र आमाका नाममा ४५ बढी कम्पनीमा शेयर रहेको उलेख गरेका छन् ।

नगद भने बैंकमा रहेको ४ हजारसहित ९ हजार मात्र रहेको उनको सम्पत्ति विवरणमा लेखेका छन् ।

काठमाडौंको रातोलुपमा घर तथा जग्गा छ । तर, दुबै घर उनको आमाको नाममा छ । सल्यान र सुनसरीमा जग्गा रहेको जग्गा भने उनका बुबाको नामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web