काठमाडौं,चैत २६ । प्रधानमन्त्री के.पी.शर्मा ओलीले नेपाललाई एक बर्ष भित्र खाद्यान्नमा आत्मनिर्भर बनाइने बताउनुभएको छ । अखिल नेपाल किसान महासंघको छैटौं महासम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण गरेर एकबर्षमा खाद्यान्नमा आत्मनिर्भर र दुईबर्षमा सञ्चित गर्न सक्ने अवस्थामाा पुर्याइने बताउनुभएको छ । ‘दुई तिहाइ जनसंख्या कृषिमा लागेपनि खान पुग्ने अवश्था छैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब कृषिलाई आधुनिकीकरण गरेर एकबर्षमा आत्मनिर्भर र दुईबर्षमा खाद्यान्न सञ्चित गर्न सक्ने अवश्थामा पुर्याइने छ ।’
खाद्यान्न आत्मनिर्भरताका लागि प्रविधीको प्रयोग,किसानलाई मलखादको उपलब्धताजस्ता कुरालाई सरकारले प्राथमिकतामा राख्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । नेपाललाई खानेकुरामा मात्र होइन लाउने कुरामा पनि आत्म निर्भर बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । यसका लागि रेशम खेती,कपास खेति, टेक्सटायल उद्योग सञ्चालन गरेर स्वदेशमै कपडा उत्पदान गर्नुपर्ने प्रधानमन्त्रीले बताउनुभएको छ । ‘कपडामा आत्मनिर्भर हुनका लागि कान्ला कान्लामा किम्बू खेति अभियान चलाए पुग्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
वर्तमान सरकार बनेपछि विकासको गति तिव्र रुपले बढेको प्रधानमन्त्री ओलीले दाबी गर्नुभएको छ । सरकारले नयां सुरक्षित र आधुनिक वस्ती विकासक लागि योजना बनाइरहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । सरकारको आलोचना गर्नेहरुलाई कुराबाट होइन कामबाट जवाफ दिइने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । दुई छिमेकीसंगको सम्बन्ध सुमधुर भएको,संविधान जारी भइसकेकोले अबको एक मात्र लक्ष्य समृद्धी मात्र भएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । देशको समृद्धी कृषिको आधुनिकीकरणबाट सम्भव हुने बताउदै प्रधानमन्त्री ओलीले त्यसका लागि किसानका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
16.12¡ÆC