हवाई इन्धनको मूल्य घट्यो,पेट्रोल,डिजेल र ग्यासको मूल्य यथावत

मंसिर २०, २०७३ मा प्रकाशित | 993 views

काठमाडौं,मंसिर २० । नेपाल आयल निगमले हवार्इ इन्धनको मूल्य लिटरमा ८ रुपैयाँ घटाएको छ। निगमको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी हवाइ इन्धनको मूल्य घटाएको हो ।  निगमले पेट्रोल, डिजेल र ग्याससहित अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ ।

आयल निगमले आन्तरिक उडानका लागि प्रतिलिटर मूल्य ८ रुपैयाँ कम गरेको छ । यसअघि प्रतिलिटर ९४ रुपैयाँ रहेको हवाइ इन्धनको मूल्य ८६ रुपैयाँमा झारिएको निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले जानकारी दिए ।

हवार्इ इन्धनको मूल्य घटेपछि आन्तरिकतर्फ फ्युल सरचार्जको रुपमा हवार्इ भाडा केही घट्नेछ। निगमले बाह्यतर्फ भने प्रतिकिलोलिटर ८१ डलर मूल्य घटाएको छ। बाह्यतर्फ एक किलोलिटर हवार्इ इन्धनको मूल्य ७ सय ५० डलर कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web