टोकियो ।
जापानले आतंकवाद बिरुद्धको कारवाहीका लागि गर्ने सहयोगमा व्यापक बृद्धि गर्ने भएको छ ।

आसन्न २०२० टोकियो अोलम्पिक तथा पाराओलम्पिक खेलको आयोजना अघि आणविक आतंकवादको विरुद्धमा कदम उठाउन उसले अन्तराष्ट्रिय परमाणु उर्जा एजेन्सी ९आईएईए ०लाई सहयोग गर्ने भएको हो ।

जापानको विदेश मामिला उपमन्त्री केन्तारो सोनोउराले आईएईएका महानिर्देशक युकिया आमानोसंगको आसन्न भेटमा जापानले गर्ने सहयोग बृद्धि गर्ने बताइएको छ ।

सोमबारबाट अस्ट्रियाको राजधानी भियनामा हुने आईएईएको अन्तराष्ट्रिय सम्मेलनमा सहभागी दुवै सहभागी हुँदैछन् ।

उनले आईएईएका महानिर्देशक आमानोसंगको भेटवार्तामा जापान सरकार आईएईएलाई आणविक आतंकवादको विरुद्धमा लाग्न भरपुर सहयोग पुर्याउने विषयमा छलफल गर्ने भएको जापानी समाचार संस्थाहरुले उदृत गरेका छन् ।

यसैगरि जापानले छिमेकी देशको रुपमा रहेको उत्तर कोरियामाथिको प्रतिवन्धलाई थप कडा पार्ने भएको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्धारा उत्तर कोरियाको परमाणु मिशाइल विकास कार्यक्रमलाई बढवा दिएको विरुद्धमा कडाई गर्ने बताएसँगै जापानले पनि कडाई गर्ने बताएको छ ।

प्रधानमन्त्री सिन्जो आबेले राष्ट्रिय सुरक्षा परिषद्का सदस्यहरुसँग यस बारेमा छलफल गरेको र उत्तर बिरुद्ध कडा नाकाबन्दीका रवैया अपनाईने जनाइएको छ ।

नयाँ प्रतिवन्ध अन्तरगत जापानमा रहेका उत्तर कोरियाका अधिकारीहरुलाई स्वदेश फर्काइने र उनीहरुलाई जापान आउन रोक लगाइने भएको छ ।

15.25¡ÆC