डीन केपी सिंहले अभियन्ता केसीको १९ औं दिनमा दिए राजीनामा

मंसिर १७, २०७३ मा प्रकाशित | 1922 views

काठमाडौं ।
सामाजिक अभियन्ता डा. गोविन्द केसीले आमरण अनसन थालेको १९ औं दिनमा आएर आइओएमका नवनियुक्त डीन केशवप्रसाद सिंहले राजीनामा दिएका छन् ।

डा. सिंहले अनशनरत प्रा. डा. गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै आमरण अनसनको १९ औं दिन डीन पदबाट राजीनामा दिएका हुन् ।

डा. सिंहले शुक्रबार त्रिविका उपकुलपति डा. तीर्थ खनियाँलाई राजीनामा बुझाएका छन् ।

सिंहले डा केसीको जिवन रक्षाको लागि भनेपनि सरकारले दवाव दिएपछि मात्र राजिनामा दिएका हुन् ।

यसअघि त्रिवि उपकुलपति कार्यालयले ९ महिनापछि कात्तिक २८ गते मात्रै आइओएमको डिनमा वरिष्ठतालाई मिच्दै सिंहलाइ नियुक्त गरेको थियो ।

डिन सर्च कमिटीले सिफारिस गरेका प्रा डा जगदीशप्रसाद अग्रवाल, प्रा डा केशवप्रसाद सिंह र प्रा डा ज्योति शर्मामध्ये त्रिवि उपकुलपति कार्यालयले सिंहलाइ आइओएमको डीनमा नियुक्त गरेको थियो ।

वरिष्ठताका आधारमा डिन नियुक्त हुनुपर्ने अभियन्ता केसीको माग अनुसार डा. जगदीश प्रसाद अग्रवाल डिन नियुक्त हुनुपर्ने हुन्छ ।

सिंहको राजिनामासँगै १९ दिनदेखी आमरण अनसनमा रहनुभएका प्रा. डा. गोविन्द केसीको आमरण अनसन तोड्नको लागि केही बाटो खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web