१२ मंसिर, काठमाडौं ।
विगत १४ दिनदेखि आमरण अनसनरत डा. केसीका समर्थकलाई धरपकड गरेको प्रहरीले उनिहरुलाई छाडेपछि सरकारसँग वार्ता सुरु भएको छ ।

शनिवार त्रिवि उपकुलपति डा.तीर्थ खनियाको घर घेर्न पुगेका प्रदर्शनकारीलाई प्रहरीले रिहा गरेलगत्तै आइतबार सरकारी टोली र डा. केसीको वार्ता टोली बीच पहिलो चरणको वार्ता सुरु भएको हो ।

काठमाडौंको सिंहदरबारमा जारी वार्तामा डा. केसीको पक्षबाट डा. वाईवी सिंहले नेतृत्व गरेका छन् । जसमा लिलन महर्जन, डा. सचित शर्मा, डा. रञ्जन सापकोटा, डा. जीवन क्षेत्री लगायत छन् ।

त्यसैगरी, सरकारी पक्षबाट शिक्षामन्त्री धनीराम पौडेल तथा स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती सम्मिलित दुई सदस्सीय टोली छ ।

त्रिवि उपकुलपति डा. तीर्थ खनिँयालाई पदबाट बर्खास्त गर्नु पर्ने मागसहित शनिवार कीर्तिपुरस्थित उनको घर घेर्न पुगेका ३१ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेपछि शनिवारबाट सुरु हुने भनिएको वार्ता स्थगित भएको थियो ।

सरकार पक्षको प्रतिकृयाकै आधारमा वार्ताले कुन मोड लिन्छ भन्ने तय हुने सामाजिक अभियन्ता केसीले बताउनुभएको छ ।

16.6¡ÆC