यात्रु कोचेर चढाउँदा नवलपरासीमा जीप दुर्घटना, एकै परिवारका ६ को मृत्यु

मंसिर १२, २०७३ मा प्रकाशित | 1030 views

१२ मंसिर, नवलपरासी ।
गाडीको क्षमता भन्दा बढी यात्रु राखेकै कारण तिब्र गतिमा भार थेग्न नसकी नवलपरासीको डाडाझेरी छरछरेमा सवारी दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकै परिवारका ६ जना रहेका छन् । दुर्घटना १६ जना घाइते भएका छन्, ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

बलिङ्गटार गाबिस हुदैँ डाडाँझेरी गाबिसको छरछरे जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा र एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । ज्यान गुमाउने र घाइते सबै डाडाँझेरी गाबिस वडा. नं ८ छरछरेका स्थानीय बासीन्दा हुन् ।

दुर्घटनामा परी डाँडाझेरी ८ छरछरेका सुमन्ती वाचो, ५२ बर्षीया खेम बाचे, २२ बर्षीका दीपक फाल मगर, ६० बर्षका रेमबहादुर वाचे मगर,  ४२ का लोकबहादुर वाचे, ४० बर्षका जयबहादुर बाचे र ४ बर्षका किसान बाचे मगरको निधन भएको हो । ती मध्ये ६ जना एउटै परिबारका रहेको जनाइएको छ ।

दुर्घटनामा १६ यात्रु घाइते भएका र ती मध्ये तीनको अबस्था गम्भीर रहेको र उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भेरहेको छ ।

गम्भीर घाइतेमा चालक प्रकाश नेपाली,यात्रुहरु बद्धिबहादुर सुनारी मगर र खेमनसिहं आले मगर रहेका छन् ।

अन्य घाइतेहरुमा सोही गाउँका भीमबहादुर सुनारी, देउ बहादुर फाल, शेरबहादुर फाल, नुन प्रसाद बाँचे, सन्दिप बाँचे, थमनसिहं बाँचे, चनमायाँ बाँचे, लक्ष्मण बाँचे, सर्ग बहादुर बाँचे, गोपाल सुनारी, यमकुमारी फाल, बोमबहादुर सुनारी र दुगाृ बहादुर फालको नारायणी सामुदायिक अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web