रामचन्द पौडेल जापान आउँदै, जनसम्पर्क समिति विवाद मिलाउने ‘अपेक्षा’

मंसिर ८, २०७३ मा प्रकाशित | 1133 views

टोकियो ।
नेपाली काँग्रेसका गरिष्ठ नेता रामचन्द्र पौडेल जापान आउने भएका छन् । अख्तियार प्रमूख लोकमानसिंह कार्की महाअभियोग, संविधान संसोधन, राजनीतिक गतिरोध जारी रहेका बेलामा पौडेल भने झण्डै दुई साताको लागि जापान आउने भएका छन् ।

मधेश केन्द्रित दलहरुले उठाएको विवादीत संविधान संशोधनको पक्षमा उभिंदै संविधान संशोधन हुनुपर्ने बताउँदै आइरहेका पौडेल पछिल्लो समय पार्टीभित्रै अल्पमतमा पर्दै गइरहेका छन् ।

महाधिवेशनमा सभापती पदमा शेरबहादुर देउवासँग पराजित भएपछि एउटा गुट सम्हाल्दै आएका पौडेलको कुरा पार्टीभित्रै सुनिन छोड्न थालेको छ ।

पौडेल जापानमा यही नोभेम्बर २७ देखि डिसेम्बर पाँच तारिखसम्म हुने विशेष कार्यक्रममा भाग लिन आउन लागेको बताइएको छ ।

जापान सरकारको निमन्त्रणामा भनिएको कार्यक्रममा पौडेलसंगै नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. १० का सांसद राजन केसी तथा नेता पौडेलका स्वकिय सचिव चिरञ्जीवी अधिकारी समेत सँगै आउँदैछन् । केसी हाल प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन क्षेत्र १० किर्तिपुर क्षेत्रमा हराएका सांसद हुन् । निर्वाचनमा शिर्ष नेतालाई हराएपनि केसी त्यसपछि भने गुमनाम जस्तै छन् ।

पौडेलले जापानको परराष्ट्र मन्त्रालयको विशेष भेटघाट कार्यक्रम सहित जापानको विकास निमार्णका योजनाहरुको अवलोकन गर्ने बताइएको छ । त्यस बाहेक उनले जापानमा रहेको नेपाली काँग्रेस निटक भातृसंस्थाका कार्यक्रममा पनि सहभागीता जनाउने भएका छन् ।

स्मरणीय छ जापानमा नेपाली काँग्रेसको केन्द्रिय पार्टी जस्तै दुई गुटमा विभाजित नेतृत्वले दुईवटा प्रवास समिति चलाउँदै आएको छ । जसमा एउटाको नेतृत्व डिपि कँडेलले गरिरहेका छन् भने अर्को समितिको नेतृत्व लाल बहादुर केसी रोषनले गर्दै आएका छन् ।

जापानमा रहेका नेपाली काँग्रेस समर्थकहरुले भने पौडेलको भ्रमणका क्रममा जापानमा रहेको भातृसंस्था नेतृत्वको विवाद मिल्ने आशा राखेको पाइएको छ ।

निर्वाचन र मतदान समेत भएर स्थगित भएको नेतृत्व विवाद यस्तो रहेको छ पढ्नुहोस्

नेपाली जनसम्पर्क समिति जापानको कार्यसमितिद्धारा शपथ ग्रहण, बिवाद यथावत

नेपाली जनसम्पर्क समिति जापान, केसीद्धारा निर्वाचन बहिस्कार, कँडेल समुहद्धारा मतदान सुरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web