गोकर्ण अधिकारी-७ मंसिर, टोकियो ।
स्थानिय समय अनुसार बिहान ५ बजेर ५९ मिनेटको समयमा आणविक भट्टी रहेको फुकुसीमा सामुन्द्रिक किनारलाई केन्द्र बनाएर गएको ७.४ रेक्टर स्केलको भूकम्पको चेतावनी टरेको छ ।

भूकम्प लगत्तै यसको मापन ६.९, क्रमश ७.३ र अन्तिममा जापान मेटोरोलोजिकल एजेन्सीले ७.४ रेक्टर स्केल मापन भएको भन्दै जारी सुनामीको चेतावनी हटाएको छ ।

भूकम्प पछि ३ मिटर उचाई भन्दा माथिको छाल सहितको सुनामीको चेतावनी जारि गरिएको थियो । यो संगै समुन्द्र किनारमा रहेकाहरुलाई अग्लो घर तथा स्थानमा जान त्यहाँ जडित ठूला माईक तथा स्थानिय र राष्टिय सञ्चार माध्यम मार्फत लगातार सूचित गरिएको थियो ।

जापानी समाचार संस्था एनएचकेका अनुसार जारी गरिएको सुनामीको चेतावनी एक बजेपछि हटाइएको हो । भूकम्पपछि जारी सुनामीको चेतावनी सबै ठाउँबाट हटेको एनएचकेले आफ्नो अनलाईन समाचारमा लेखेको छ ।
भूकम्प पछि फुकुसीमा र मियागि प्रिफेक्चरमा सुनामीको चेतावनी जारी गरिएको थियो । अन्य क्षेत्रमा समेत यसबाट असर पर्ने सक्ने भनिएपनि ति क्षेत्रमा खासै सामुन्द्रिक छाल देखिएन ।

शक्तिशालि भूकम्पपछि मियागि क्षेत्रमा सबैभन्दा बढी १.४ मिटर सम्मको छाल उठेको पाइएको छ । अन्य क्षेत्रमा यो भन्दा कम छाल उठेको र यसले कतै गम्भिर असर नपारेको समाचारमा उल्लेख छ ।

अधिकारीहरुले ७.४ रेक्टर स्केलको शक्तिशालि भूकम्पपछि केवल १२ जना व्यक्ति सामान्य घाइते भएको जानकारीमा आएको बताएका छन् ।

भूकम्प लगत्तै सुनामीको खतरा बढेपछि बन्द गरेर चिसो बनाइएको फुकुसिमा दाइनि न्युक्लियर प्लान्टलाई पुन सञ्चालनको लागि तयारी थालिएको समेत टोकियो इलेक्टिक पावलर कम्पनीले बताएको छ ।
यही न्युक्लियर प्लान्ट नजिक भएर आज गएको भूकम्पबाट कुनै असर नपरेको र सबै निरिक्षण पछि सञ्चालनको तयारी भइरहेको बताइएको छ ।

यसैगरि भूकम्पको केन्द्र रहेको तथा सुनामीको चेतावनी जारि गरिएको क्षेत्रमा भूकम्प लगत्तै बन्द गरिएको भुमिगत रेलसेवा, बुलेट ट्ेन तथा उडानहरु र यातायातका सेवाहरु समेत नियमीत सञ्चालन हुन थालेका छन् ।

तर भूकम्प मापन केन्द्रले यही मापन केन्द्र बराबरको अर्को भूकम्प एक हप्ताभित्रमा आउनसक्ने अनुमान सहित त्यस समयमा समेत सुनामीको खतरा रहेको भन्दै सचेत रहिराख्न अनुरोध गरेको छ ।

सन् २०११ को मार्चमा पनि यही स्थानलाई केन्द्र बनाएर शक्तिशालि भूकम्प गएको थियो । जसबाट दश हजार बढी व्यक्तिको मृत्यु तथा अर्बौंको क्षति पुगेको थियो । उक्त समयमा न्यूक्लियर प्लान्टमा समेत असर पर्दा यसको प्रत्यक्ष असर जापानको राष्टिय अर्थतन्त्रमा समेत देखिएको थियो ।

जापानको भूकम्प मापन केन्द्रले आज गएको भूकम्प सन् २०१४ पछि आएको ७ रेक्टर माथिको पहिलो भूकम्प भएको बताएको छ । यसअघि सन् २०१२ मा मात्र सो क्षेत्रमा सन् २०११को भूकम्पको पराकम्पनका क्रममा सुनामीको चेतावनी जारि गरिएको समेत समाचारमा उल्लेख छ ।

चार दिनदेखी अमेरिका हुँदै हाल अर्जेन्टिनामा रहेका जापानी प्रधानमन्त्री सिन्जो आवेले भूकम्प लगत्तै एक भिडियो सन्देश दिंदै आफुले भूकम्प लगत्तै यसबारेमा जानकारी लिएर आवश्यक निर्देशन दिइसकेको भन्दै सरकारले नागरिकको सुरक्षाको लागि सबै उपाय अपनाउने भन्दै आफ्ना नागरिकलाई निश्चिन्त हुन आग्रह गरेका थिए ।

भूकम्प लगत्तै जापान सरकारले प्रतिरक्षा सुरक्षा संयन्त्र सहित दर्जनौं हलिकोप्टर सो क्षेत्रमा परिचालन गरि आवश्यक उद्दार र सहयोग थालेको थियो ।

भूकम्पका कारण सुनामीको चेतावनी जारि गरिएको क्षेत्रमा रेल सेवा अवरुद्ध हुँदा करिव ६ हजार यात्रु समस्यामा परेका थिए ।
भूकम्पका कारण करिव २३ मिनेट जापानभरको अधिकाश रेल सेवा अवरुद्ध हुन पुगेपनि केही समयमै सञ्चालन भएको केन्द्रिय रेल सेवा कम्पनीले उल्लेख गरेको छ ।

भूकम्प पछि जारी सुनामीको चेतावनीका कारण फुकुसिमा क्षेत्रका अधिकाशं विद्यालय तथा कार्यालयहरु आजको लागि बन्द गरिएका छन् ।

भूकम्प लगत्तै इवाकिको पेटेल कम्प्लेक्समा ६ बजेर १५ मिनेको समयमा आगलागि भएको थियो । तर प्रहरीले करिव २५ मिनेटमै यसलाई नियन्त्रणमा लिएको र यसबाट कुनै मानविय असर नपरेको भन्दै प्रहरीले यो भूकम्पकै कारण वा अन्य भन्ने खुली नसकेको बताएको छ ।

यो पनि पढ्नुहोस्

जापानमा ७.३ रेक्टरको शक्तिशालि भूकम्प, सुनामीको चेतावनी (LIVE VIDEO/अपडेट)

भूकम्प र सुनामीबाट जापानमा रहेका नेपाली सुरक्षित

सुनामीको खतरा/असरबाट बच्न यि उपाय अपनाइ हाल्नुस्

18.16¡ÆC