जनसम्पर्क समिती जापानद्धारा मृगौला पीडित उपचारार्थ आर्थिक संकलन

मंसिर ६, २०७३ मा प्रकाशित | 1207 views

टोकियो ।
नेपाली जनसम्पर्क समिती जापानले मृगौला पीडित एक आमा छोराको उपचारको लागि रकम संकलन थालेको छ ।

नेपाल हेटौंडाकी बिनीता उप्रेती र उनको २१ बर्षीय छोरा आशीष उप्रेतीको उपचारको लागि पुस्करजंग थापाको संयोजन र सदस्य निकेश श्रेष्ठको सह–संयोजनमा आर्थिक संकलन थालिएको हो ।

हेटौंडा बजारमा ठेलामा फलफूल बेचेर तीन छोराछोरी पाल्दै आएका उनिहरुको दुवै मृगौला काम नलाग्ने भएपछि आर्थिक अवस्था कमजोर भएका उनिहरुको जिवन बचाउनको लागि आर्थिक संकलन थालिएको बताइएको छ ।

मिर्गौला प्रत्यारोपण गर्न १५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भएपनि अहिलेनै ५ लाख रुपैयाँ ऋण भएको भन्दै मृत्यु स्विकार्न बाहेक केही उपाय नभएको समाचार प्रकाशित भएपछि नेपाली काँग्रेस आवद्ध जनसम्पर्क समिति जापानले सहयोगको लागि पहल थालेको हो ।

मकवानपुरको हाँडिखोला घर भएकी विनीतालाई उनका श्रीमान्ले समेत छाडिदिएको बताइएको छ ।

साताको दुईपटक डाइलासिस गर्दै आएका आशिसलाई चिकित्सकले स्वास्थ्यस्थिति बिग्रदै गएकाले हप्तामा तीनपटक डाइलासिस गर्न भनेको बताइएको छ ।

औषधिको मात्र महिनाको १५ हजार बढी खर्च लाग्ने भएपछि कक्षा १२ उत्तीर्ण गरेका उनले जिवनदेखी हार मानिसकेको बताए ।

मृगौला काम नलाग्ने भएकै कारण गत असारदेखि आशीषले पानी समेत खान पाएका छैनन् । जसले गर्दा पीसाब बन्द भएकाले उनको शरिरबाट डायलासिसका क्रममा पाँचदेखि सात लिटर पिसाब निकाल्ने गरिएको छ ।

आशीषकी बहिनी अस्मिना हेटौंडा ४ स्थित भुटनदेवी माविमा कक्षा ७ र भाइ आस्मिन कक्षा ६ मा पढ्छन् । विनीतालाई ठेलामा फलफूल बेचेर दुई छोराछोरीको पढाइ, जेठा छोराको उपचार र आफ्नै उपचारसँगै घर खर्च चलाउन निक्कै मुश्किल छ ।

‘फलफूल साहुजीसँग पनि थुप्रै उधारो भइसक्यो, उधारो दिन पनि अब त गाह्रो मान्छन, विनीताले भनिन, ‘जीवन चलाउने विकल्प नै बन्द हुन लागिसक्यो । गत भदौदेखि विनीताले भने डाइलासिस गराएकी छैनन् ।

मिर्गौलाले काम नगरेर विनीताकी दिदी निर्मलाले २०४९ सालमा, बहिनी लक्ष्मीले २०६१ सालमा र भाइ मुक्तिराजले २०५६ सालमा ज्यान गुमाइसकेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web