दशैँपछि पहिलो कारोबार दिन सुनको भाउ ११ हजार ७ सय रुपैयाँले घट्यो

कार्तिक ९, २०८३ मा प्रकाशित | 16 views

दशैँपछि पहिलो कारोबार दिन सुनको भाउ ११ हजार ७ सय रुपैयाँले घट्यो

काठमाडौँ । दशैँपछि पहिलो कारोबार दिन आज सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको भाउ समायोजनसहित आज आइतबार घटेको सूची सार्वजनिक गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ निरन्तर घटेसँगै नेपाली बजारमा पनि दशैँका बेला भाउ घटेको महासंघले जनाएको छ । यसअघि गएको सोमबार सुन तोलाको २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउ तोलाको २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ तोलामा २३० रुपैयाँले घटेको छ ।

गएको सोमबार तोलाको ४ हजार १८५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ९५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web