२५ चैत, टोकियो ।
पहिलो पटक गैरआवासीय नेपाली संघ एनआरएनए जापानले आफ्ना सदस्यहरुलाई परिचयपत्र वितरण गर्ने भएको छ ।
केही महिना भित्र परिचयपत्र वितरण गर्नेगरि विवरण संकलन थालिएको एनआरएनए जापानका अध्यक्ष सुदन थापाको भनाई छ ।
एनआरएनए जापानको हालै बसेको पदाधिकारी वैठकले कुनैपनि परिचय पत्र नहुँदा आफुलाई चिनाउन सदस्यहरुलाई समस्या परेको बताएपछि परिचय पत्र बनाउन लागिएको बुझिएको छ ।
एनआरएनए जापानमा हाल करिव बयालिस सय सदस्य रहेका छन् ।
एनआरएनए जापाले परिचयपत्र कार्ड छापेर सहयोग गर्न तथा कार्डमा कम्पनीको कुनै लोगो राखेर प्रचार गर्न चाहनेले सम्पर्क गर्न समेत खुल्ला गरेको छ ।
जापान एनआरएनए सदस्यहरुले परिचयपत्रका आधारमा विभिन्न होटल, रेष्टुरेण्ट, सेवा तथा व्यापार लगायतमा विशेष छुट पाउनेगरि पहल समेत भइरहेको बताइएको छ ।
एनआरएनए जापानले परिचयपत्र बनाउन काम थालिसकेको भन्दै परिचय पत्र पाँच बर्षसम्म परिवर्तन गर्न नपर्नेगरि बनाउन लागिएको बताएको छ ।
एनआरएनए जापानका अध्यक्ष सुदन थापाले एनआरएनए जापानको परिचयपत्रमा विज्ञापन प्रायोजन तथा छुट दिन ईच्छुक संस्था र कम्पनीहरुलाई सम्पर्क गर्न अनुरोध गर्दै nrnjapan2015@gmail.com मा ईमेल गर्न अनुरोध गर्नुभएको छ ।
24.93¡ÆC