साझाले उपत्यकाका चार ठाउँमा बस चलाउँदै

कार्तिक २९, २०७३ मा प्रकाशित | 994 views

२९ कार्तिक, काठमाडौं ।
साझा यातायातले उपत्यकाभित्र चार वटा प्रमुख मार्गमा नयाँ बस गुडाउने भएको छ । साझा यातायातले उपत्यकाका प्रमुख गन्तव्यलाई समेटेर चारवटा रुटमा सेवा सञ्चालन गर्ने गरी रुट पर्मिट मागिएको जनाएको छ ।

साझाले भारतबाट किनेका  ३० वटा नयाँ बस सञ्चालनका लागि यातायात व्यवस्था कार्यालय, बाग्मती अञ्चलमा बाटो अनुमतिका लागि आवेदन गरेको छ ।

सर्वसाधारण जनतालाई सुविधा दिन उपत्यकाका चार बाटा रुटमा ३० वटा नयाँ र हाल सञ्चालनमा रहेका आठवटा पुराना बसले सेवा दिने तयारी भएको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताउनु भयो  ।

कार्यकारी अधिकृत पाण्डेले साझासँग हाल नयाँ ३० समेत गरी ४६ वटा बस छन् । अबको केही दिनभित्रै उपत्यकामा साझाका ३८ वटाले सेवा दिनेछन् । बाँकी आठवटाले उपत्यका बाहिरका चार गन्तव्यमा नियमित जस्तै सेवा दिनेछन् ।

साझा यातायातले आफ्नो सेवा विस्तार गरी गुणस्तरीय सेवा दिन लामो दूरीमा थप १० वटा डिलक्स बस सञ्चालन गर्ने तयारी गरेको र उपत्यकामा साझाले आफ्नै स्रोतबाट डिलक्स बस खरिद प्रक्रिया अघि बढाएको पनि कार्यकारी अधिकृत पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web