२८ कार्तिक, काठमाडौं ।
स्थानीय तह पुनरसंरचना सम्बन्धि हालसम्म ५९ जिल्लाबाट प्रतिवेदन प्राप्त भएको छ ।

स्थानीय तह पुनरसंरचना आयोगले अन्य जिल्लाहरुमा पनि सहमति जुटाउने काम भैरहेको र प्रतिवेदन आउने क्रम जारी रहेको जनाएको छ ।

स्थानीय तह पुनरसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले मंसिर दोश्रो सातासम्ममा प्रतिवेदन बुझाउने गरि आयोगले तयारी गरिरहेको बताउनुभयो ।

अध्यक्ष पौडेलका अनुसार दुई नम्बर प्रदेशका ८ वटा जिल्ला बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा स्थानिय तह पुनः संरचनाको काम जुन रुपमा अघि बढनुपर्ने हो त्यस रुपमा अघि बढन सकेको छैन । त्यसलाई अघि बढन आयोग लागिरहेको उहांले जानकारी दिनुभयो ।

आयोगले थपिएको मापदण्डका आधारमा स्थानीय तहको पुनरसंरचना गर्न कार्तिक ४ गते जिल्लामा रहेका स्थानिय तह पुनरसंरचना प्राविधिक सहयोग समितिलाई पत्राचार गरेको थियो ।

15.18¡ÆC