चुनावी संघारमा नागरिकता खेलो

कार्तिक २७, २०७३ मा प्रकाशित | 838 views

काठमाडौं,कात्तिक २७ । प्रमुद दलबीच चैतभित्र स्थानीय निकाय र डेढ वर्षभित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्नेबारे छलफल भइरहँदा गृह मन्त्रालयले घुम्ती शिविरमार्फत नागरिकता वितरणको तयारी थालेको छ । निर्वाचन अघि घुम्ती शिविरमार्फत लाखौंको संख्यामा वितरण गरिने नागरिकता विवादास्पद बनिरहेन पनि गृहले यसपालि पनि घुम्ती शिविरमार्फत नागरिकता वितरण गरेको छ ।

देशका ७५ वटै जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमार्फत हरेक दिन योग्य नागरिकले सहजै नागरिकता पाउने व्यवस्था हुँदाहुँदै सरकारले घुम्ती शिविरमार्फत नागरिकता वितरण तयारी गरेको आजको नागरिक दैनिकमा समाचार छ ।

गृहस्रोतका अनुसार प्रमुख दलबीच आगामी चैतमा स्थानीय निकाय निर्वाचन गर्ने सहमति जुटेलगत्तै गृहले घुम्ती शिविरमार्फत नागरिकता वितरणको काम अघि बढाएको हो । निर्वाचन आयोगस्रोतका अनुसार प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र गृहमन्त्री विमलेन्द्र निधिबीच घुम्ती शिविर पडाएर नागरिकता वितरण गरेपछि मात्रै उक्त जिल्लमा मतदाता नामावली संकलन गर्ने कार्यक्रम तय भएको छ ।

तराईका सहित बाँकी जिल्लामा पुस १५ देखि अभियानकै रुपमा नागरिकता वितरण गर्ने तयारी गृहको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web