एक ब्यापारि जो सम्हाल्दैछन् जनवरी २० बाट अमेरिकी नेतृत्व

कार्तिक २५, २०७३ मा प्रकाशित | 1174 views

एजेन्सी ।
राष्ट्रपति पदमा निर्वाचित भएपछि न्यू योर्कमा आयोजित सभालाई संवोधन गर्दै नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सहयोगी सहित मतदातालाई धन्यवाद दिए ।

चुनावी सभाहरुमा विपक्षीसंग आक्रामक देखिने गरेका डोनाल्ड ट्रम्प विजयी सभामा आफनो प्रतिश्पर्धी डेमेक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिङटने आफूलाई फोन गरेर बधाइ दिएकोमा आभार व्यक्त गर्दै मुलुकलाई क्लिङटनले गरेको योगदानको खुलेर प्रशंसा गरे ।

उनले चुनावी अभियानमा आफूसंग असहमत रहेका हरुसंग मिलेर मुलुकलाई अझ एकताबद्ध बनाउने र आर्थिक बृद्धिमा ध्यान केन्द्रित गर्ने बताए ।

निर्वाचनमा पराजित भए पछि न्यू योर्कमा आयोजित सभालाई संवोधन गर्दै डेमेक्र्याटिक पार्टीकी हिलारी क्लिङटनले आफूलाई सघाउने सवै मतदातालाई धन्यवाद दिइन् ।

क्लिङटनले राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई बधाइ दिदै मुलुकको हितका लागि मिलेर काम गर्न तयार रहेको बताइन् ।

राष्ट्रपति बाराक ओवामाले ट्रम्पलाई बधाइ दिदै सत्ता हस्तान्तरणका बारेमा छलफल गर्न ह्वाइट हाउसमा निमन्त्रणा दिएका छन् ।

सिनेट र हाउस अफ रिप्रिजेन्टेटेभमा समेत बहुमत हासिल गरेका टम्पले आगामी जनवरी २० देखि अमेरिकी राष्टपति पदको कार्यभार सम्माल्ने छन् । जनवरी २० अघि नै ट्रम्पले आफूलाई सहज हुने गरि मन्त्रिपरिषद गठन गर्नेछन् ।

धनाढ्य व्यापारिका रुपमा परिचित टम्पले निर्वाचन अघि गरिएका विभिन्न मत सर्वेक्षण विपरित अनुभवी राजनीतिज्ञको रुपमा व्याख्या गरिंदै आएकी क्लिङटनलाई पराजित गरेका हुन् ।

दुवै उम्मेदवारले आफ्नो प्रचार प्रसारमा विशेष ध्यान केन्द्रीत गरेका स्विगं स्टेट अर्थात कुनै पनि पक्षका भनेर नखुलेका राज्यहरु फ्लोरिडा, ओहायो र नर्थ क्यारोलिनामा समेत रिपब्लिकनले जिते पछि डेमेक्र्याटिकलाई थप धक्का लागेको थियो ।

यसअघि राजनीतिक भूमिकामा नरहेका ट्रम्पको सफल व्यापारिक पृष्ठभूमि अन्तराष्ट्रिय सम्वन्धलाई अझ बलियो बनाउन र सफल कार्यकालका लागि महत्वपूर्ण हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web