पहिरोका कारण पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक र बिपी राजमार्ग अवरुद्ध

अशोज ९, २०८३ मा प्रकाशित | 7 views

पहिरोका कारण पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक र बिपी राजमार्ग अवरुद्ध

काठमाडौँ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको, तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ ।

यस्तै ठाउँठाउँमा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक पनि बन्द छ । पहिरो पन्छाउने काम भैरहेकाले अर्को सूचना नआएसम्म यो खण्डमा गाडी आवागमन बन्द गरिएको चितवन प्रहरीले जनाएको छ ।

यस्तै अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान रोशी गाउँपालिका–७ को चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको काभ्रे प्रहरीले जनाएको छ ।

पहिरोकै कारण काठमाण्डौ–हेटौंडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रुपमा अबरुद्ध छ । यस्तै कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डको भोटखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि हुङहुङ सडकखण्ड अवरुद्ध भएको छ ।

लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सडकमा रातको समयमा गाडी चलाउन रोक लगाइएको छ । दिउँसो सडक खुला भएको बेलामा पनि बाढीपहिरोको जोखिम भएकाले सावधानीपूर्वक गाडी चलाउन प्रहरीको आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web