लोकमानलाई लिखित जवाफ लेखेर आउन सर्वोच्चको आदेश

कार्तिक २३, २०७३ मा प्रकाशित | 855 views

२३ कार्तिक, काठमाडौं ।
सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित चारजनालाई एकहप्ताभित्र लिखित जवाफसहित आफँै उपस्थित हुन आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज एकहप्ताभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो ।

आदेशमा सजाय गर्नु नपर्ने कुनै आधार र कारण भए सातदिनभित्र स्वयम् उपस्थित भई लिखित जवाफ पेस गर्नू भनिएको छ ।

म्याद तामेलीमा अवरोध गरेको भन्दै कार्कीसहित उहाँका ज्वाइँ प्रवल थापा, पूर्व सचिव प्रमोद कार्की र असई नकुल गौतमलाई एकहप्ताभित्र लिखित जवाफ दिन आदेश दिइएको छ ।

आयोगका निलम्बित प्रमुख आयुक्त कार्कीले अदालतको म्याद तामेलीमा अवरोध पु¥याएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले निवेदन दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web