२२ कात्तिक, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न राजनीतिक दलका नेताहरुमाथि छानबीन नगरेको स्पष्ट पारेको छ । अख्तियारले सोमबार एक विज्ञप्ती गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न व्यक्तिहरुलाई कारबाहीको दायरमा ल्याएको भन्दै संचारमाध्ययम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्री प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिद्वारा गरिएको अख्तियारको दुरुपयोग तथा भ्रष्टाचारजन्य कसूरमाथि छानविन, अनुसन्धान तथा अभियोजन गर्ने कानुनी अधिकार आयोगमा रहेको भन्दै आयोगले गरेको छानबिन तथा अनुसन्धान सम्बन्धी सम्पूर्ण कार्य गोप्य रहने भन्दै आयोगद्वारा सम्पादन हुने छानबिन अनुसन्धान तथा अभियोजन लगायतका गतिविधिबारे सार्वजनिक गर्नुपर्ने विषय प्रवक्ताद्वारा मात्रै हुनेसमेत विज्ञप्तिमा उल्लेख छ ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीले राजनीतिक दलका नेताहरुमाथि छानबीन अघि बढाउन खोजेको र त्यहि बुझेर संसदमा महाभियोग प्रस्ताव लगिएको भन्नेसम्मको समाचारहरु आइरहेको सन्दर्भमा अख्तियारले यस्तो बताएको हो ।कार्की विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल संसदमा कात्तिक २५ देखि सुरु हुँदैछ ।

25.12¡ÆC