लोकमानसिंहले सर्वोच्च अदालतलाई पनि टेरेनन्

कार्तिक १९, २०७३ मा प्रकाशित | 1117 views

१९ कार्तिक, काठमाडौं ।
प्रचण्ड सरकारलाई अटेर गर्दै जन बिरोधको समेत वेवास्ता गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले सर्वोच्च अदालतलाई समेत अटेर गरेका छन् ।

भारतको आशिर्वाद र पुष्पकमल दाहाल प्रचण्डको सिफारिस अनि दलका नेताहरुको स्विकृतिमा रातारात अख्तियार प्रमूख भएका कार्कीले आफु नियुक्तिसम्वन्धी मुद्दामा सर्वोच्च अदालतमा तारेख बुझ्ने १५ दिने म्याद गुजारेका छन् ।

सर्वोच्चले अख्तियार प्रमुख कार्कीको योग्यतासम्वन्धी फैसला पुनरावलोकन गर्न आदेश दिएको थियो । त्यसको झण्डै एक महिनासम्म म्याद तामेली हुन नदिएका कार्कीले अदालत नगई सर्वोच्च अदालतलाई नै चुनौती दिएका छन् ।

म्याद तामेली भएको १५ दिनभित्र तारेख बुझ्न आफैं वा आफ्नो वारेसनामा पठाउनुपर्ने हुन्छ ।  तर, म्याद तामेल भएको १९ दिन हुँदासम्म कार्की न आफैं अदालतमा उपस्थित भएका छन्, न वारेसनामा नै पठाएका छन् ।

उनी अहिले टंगलालस्थित सरकारी आवासमै बसिरहेका छन्, त्यहाँबाट गाडी चढेर १५ मीनेटभित्रै अदालत पुग्न सकिएपनि गएनन् ।

रिट निवेदनमा के हुने भन्ने स्पष्ट नभएपनि अदालतले ३० दिनसम्म सामान्य मुद्दामा समय दिने गर्छ अब कार्कीसँग म्याद थाम्ने विकल्प मात्र रहेकोमा कार्कीले यहि बाटो अपनाउने देखिएको छ ।
कार्की बिरुद्ध अधिकारकर्मी कानुनविद्ध लक्ष्मण अर्यालले विभिन्न बिरोध र अवरोधका बावजुद मुद्दा लड्दै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web