भारतीय राष्ट्रपति ६० जना बोकेर नेपालमा, राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता

कार्तिक १७, २०७३ मा प्रकाशित | 901 views

१७ कार्तिक, काठमाडौं ।

यसअघि भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीन दिने राजकीय भ्रमणका लागि आज दिउँसो काठमाडौं आईपुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रिपूर्ण निमन्त्रणामा आउनु भएका भारतीय राष्ट्रपति मुखर्जीलाई राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा स्वागत गरेकी थिइन् ।

भारतीय राष्ट्रपतिको स्वागतका लागि विमानस्थलको अतिविशिष्ठ कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए । यस्तै मन्त्रीहरु, सरकारका उच्च पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरु स्वागतका लागि उपस्थित थिए ।

भारतीय राष्ट्रपति मुखर्जीको स्वागतमा नेपाली सेनाले सम्मान गारत प्रदान गरेको थियो । त्यस अवसरमा नेपाल र भारतका राष्ट्रिय धुनहरु बजाइएको थियो भने २१ तोपको सलामी पनि दिइएको थियो ।

राष्ट्रपति मुखर्जीको भ्रमण दलमा ६० सदस्य

भारतका राष्ट्रपति मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमण दलमा रक्षा राज्यमन्त्री सुवास घाम्री,
भारतीय संसद लोकसभा र राज्यसभाका चार सदस्य, सचिव एस जयशङ्करसहित ६० जना सम्मिलित छन् ।

पराराष्ट्र मन्त्रालयका अनुसार उक्त भ्रमण दलमा भारतको सुरक्षा निकायका उच्च अधिकारी, विदेश मन्त्रालयका पदाधिकारी एवम् सञ्चार सञ्चारकर्मी सम्मिलित छन् । भारतका राष्ट्रपतिको नेपाल भ्रमण १८ वर्षपछि भएको हो ।

भारतीय राष्ट्रपति मुखर्जीले भोली विहान पशुपती क्षेत्रमा गएर आराध्यदेव पशुपतीनाथको पुजा अर्चना गर्ने कार्यक्रम रहेको छ ।

भारतीय राष्ट्रपति मुखर्जीसँग भोलि नेपालका विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

भोली नै भारतीय राष्ट्रपतिलाई काठमाडौं महानगरपालिकाको आयोनामा काठमाडौंमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा भारतीय राष्ट्रपति मुखर्जीले पर्सी शुक्रवार नेपालको ऐतिहासिक धार्मिक स्थल जनकपुर र पर्यटकीय स्थल पोखराको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

नेपाल भारतका राष्ट्रपति वीच भेटवार्ता

नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी र नेपालका राष्ट्रपति विद्या भण्डारी वीच आज राष्ट्रपति निवाश शितल निवासमा औपचारिक भेटवार्ता भएको छ ।

दुई देशका राष्ट्रपति वीच  दुइ पक्षिय सम्बन्ध र आपसी हितकावारेमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता भरत पौडेलले जानकारी दिए ।

दुइ पक्षिय हित र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी हुंदा भारतीय राष्ट्रपति मुखर्जीले नेपालमा संबिधान जारी भएकोमा राष्ट्रपति भण्डारी सहित नेपाली जनतालाई बधाई दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता पौडेलले जानकारी दिए ।

भेटवार्तामा परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत, पर्यटनमन्त्री जीवन बहादुर शाही सहित उच्च सरकारी अधिकारी थिए ।

यसैगरी भारतका तर्फबाट त्यहांका रक्षा राज्यमन्त्री डा सुभास भामरे, तीन जना सांसद, नेपालका लागि भारतीय राजदूत तथा केही सरकारी अधिकारी सहभागि थिए ।

भारतीय राष्ट्रपति सँग आजै साँझ उपराष्ट्रपति नन्द बहादुर पुनले भेटवार्ता गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web