१२ कार्तिक, काठमाडौं ।
भूकम्प गएको डेढ बर्ष हुन लाग्दा समेत भूकम्प पीडितलाई उचित राहत र पूर्ननिर्माणका काम नहुँदा सरकारलाई दवाव समेत दिन नसकेकी राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मस सुन्तली फाउण्डेशनले बनाएको बस्ती उद्घाटन गर्दै पुर्ननिर्माणमा लाग्नुपर्ने भाषण दिएकी छिन् ।

सिन्धुपाल्चोकको मेलम्ची–८ गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमुना बस्ती स्थानिय समुदायलाइ हस्तान्तरण कार्यक्रममा राष्ट्रपतिले यस्तो भाषण गरेकी हुन् ।

हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भूकम्प प्रभावित क्षेत्रका विभिन्न गाउँमा एकीकृत नमुना बस्ती बसाल्न सकिने भएकाले पुनःनिर्माणको काममा राज्य र जनसमुदाय एकजुट भएर लाग्नुपर्ने बताइन् ।

यस्तै काठमाडौं कलंकी नागढुंगा सडक विस्तार रोक्न धम्की दिंदै डोजर सहित फर्काएका काँग्रेसका बिवादीत उद्योगमन्त्री नवीन्द्रराज जोशीले एकीकृत नमुना बस्ती सरकारका लागि सिक्नलायक विषय भएको भाषण गर्दै यसखालका अभ्यासलाई देशका अन्य भागमा पनि लागू गर्न सकिने बताए ।

भारतीय राष्ट्रपति आउँदा सार्वजनिक बिदा दिने र भूकम्प पीडितलाई प्रधानमन्त्री हुनुअघि ६ लाख बाँडीदिन्थें भन्दै भाषण गर्ने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रका सांसद अग्नि सापकोटाले नयाँबस्ती राजनीतिक पार्टीका लागि सिक्ने विषय भएको बताए ।

यस्तै सांसद शेरबहादुर तामाङले भूकम्पपीडित समुदायलाई एकीकृत घर निर्माण गरेर धुर्मुस–सुन्तलीले ठूलो पुण्य कमाएको उल्लेख गरे । तर उनले आफुहरुले केही गर्न नसकेको लाचारी भने पोख्न सकेनन् ।

कार्यक्रममा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि नमुना बस्ती उदाहरणीय भएको बताउनुभयो ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले नमुना एकीकृत बस्ती समानताको प्रतिविम्ब भएको बताउनुभयो ।

पाँच करोड १४ लाख ३९ हजार रुपैयाँको लागतमा निर्माण भएको एकीकृत नमुना बस्तीमा ६५ घरधुरी छन् ।

18.12¡ÆC