भारतीय राष्ट्रपतिको भ्रमणमा दुई दिन विमानस्थल प्रभावित हुने

कार्तिक ११, २०७३ मा प्रकाशित | 994 views

काठमाडौं,कात्तिक ११ । मुलुकमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडा यात्रु र वायुसेवा कम्पनीले हरेक अति विशिष्ट पाहुनाको भ्रमणका वेला भोग्ने गर्छन् । सन् २०१४ मा सार्क सम्मेलनमा भाग लिन आउने पाहुनाको व्यवस्थापन गर्दा चार दिनसम्म विमानस्थल पूर्णतया प्रभावित भएको थियो ।

त्यसवेला धेरै यात्रुले आफ्नो उडान–तालिका परिवर्तन गरी टिकट रद्द गरेका थिए । अन्तर्राष्ट्रिय विमानस्थलमा हुने स–साना घटनाले पनि उडान–अवतरण प्रभावित हुने गर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक नेपाल भ्रमणको ‘भिभिआइपी उडान व्यवस्थापन’मा जुटेको छ ।

भ्रमण प्रारम्भ हुने मुख्य बिन्दु विमानस्थलबाटै मुलुकको पहिलो छवि झल्कने भन्दै विमानस्थल व्यवस्थापन त्यसको तयारीमा जुटेको हो । मुखर्जी १७ देखि १९ कात्तिकसम्म नेपाल भ्रमणमा आउँदै छन् । यस क्रममा दुई दिन सर्वसाधारणले भने सास्ती भोग्नुपर्नेछ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार राष्ट्रपति मुखर्जी आउने दिन १७ कात्तिकमा ४५ मिनेट विमानस्थल प्रभावित हुनेछ । सो दिन दिउँसो साढे १२ बजे राष्ट्रपति मुखर्जी नेपाल आइपुग्ने कार्यक्रम छ ।

तीनदिने नेपाल भ्रमणमा आउने राष्ट्रपति मुखर्जीको भारत फिर्ती हुने दिन १९ कात्तिकमा भने अन्र्तराष्ट्रिय विमानस्थल लगभग दिनभरि प्रभावित हुने अाजको नयाँ पत्रिकामा समाचार छ ।

उक्त दिन मुखर्जी अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरुमा जनकपुर जाने कार्यक्रम छ । जनकपुरबाट पोखरा जाने र पोखराबाट काठमाडौं फिर्ता हुने कार्यक्रम छ । काठमाडौं आइसकेपछि राष्ट्रपतिको टोली नयाँदिल्ली प्रस्थान गर्नेछ । ‘यस दिन त्रिभुवन विमानस्थल सबैभन्दा धेरै समय प्रभावित हुनेछ,’ प्रवक्ता ठाकुरले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web