बैतडीमा सबैभन्दा बढी मकै उत्पादन, सदूर पश्चिममा ५ प्रतिशत बढी

कार्तिक ९, २०७३ मा प्रकाशित | 1760 views

९ कार्तिक, बैतडी ।
सुदूरपश्चिममा यस वर्ष मकै उत्पादनमा ५ प्रतिशतले बृद्धि छ भने बैतडी जिल्लामा सबैभन्दा बढि मकै उत्पादन भएको पाईएको छ । क्षेत्रीय कृषि निर्देशनालयका अनुसार सुदूरपश्चिम भर ४७ हजार १ सय ७४ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको मा ७८ हजार १ सय १४ मेट्रिक टन मकै उत्पादन भएको हो ।

बैतडीमा कुल १४ हजार ५ हेक्टरमा मकै खेती गरिएकोमा १८ हजार ९ सय ९५ मेट्रिक टन उत्पादन भएको छ भने सबै भन्दा कम बाजुरा उत्पादन भएको छ बाजुरामा ७ सय ९० हेक्टर क्षेत्रफलमा लागाइएको मकै १ हजार १ सय ७१ मेट्रिक टन उत्पादन भएको हो ।

यसैगरि   कैलालीमा ६ हजार २ सय ६५ हेक्टर क्षेत्रफलमा लगाइएको मकै ७ हजार ९ सय ५७ मेट्रिक टन उत्पादन भएको छ भने कञ्चनपुरमा मकै उत्पादन हुने क्षेत्र २ हजार ५ सय १० हेक्टरमा मकै लागाइएकोमा ५ हजार ५ सय २२ मेट्रिक टन मकै उत्पादन भएको छ । डडेल्धुरामा मकै उत्पादन हुने क्षेत्रफल ३ हजार ७ सय ४५ हेक्टरमा लगाइएकको मकै ११ हजार ६० मेट्रिक टन उत्पादन भएको छ ।

यस्तै डोटी जिल्लामा ३ हजार ३ सय २ हेक्टर क्षेत्रफलमा लगाइएको मकै ७ हजार ३ सय ५४ मेट्रिक टन उत्पालन भएको निर्देशनालयले जानकारी दिएको छ । अछाममा ६ हजार ६ सय ८० हेक्टरमा मकै खेती गरिएकोमा १२ हजार ६ सय ९२ मेट्रिक टन उत्पादन भएको भने बझाङममा ३ हजार ६ सय ५२ हेक्टरमा किसानहरुले मकै खेती गरेकोमा ४ हजार ६ सय ५ मेट्रिक टन र दार्चुलामा ५ हजार ५ सय ३० हेक्टर क्षेत्रफलमा गरिएको मकै खेतीमा ८ हजार ७ सय ५७ मेट्रिक टन मकै उत्पादन भएको क्षेत्रीय कृषि निर्देशनालय राजपुर डोटीका प्राविधिक सहायक सरिता पन्तले जनाकारी दिनु भएको छ ।

उहाँका अनुसार गएको बर्ष सुदूरपश्चिममा ७४ हजार १३ मेट्रिक टन मकै उत्पादन भएको थियो । उपयुक्त सममयमा पानी परेका कारण यस बर्ष उत्पादनमा बृद्धि भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web