९ कार्तिक, काठमाडौं ।

आदिवासी÷जनजाति राष्ट्रिय महासंघ, नेपालले निलम्बित अख्तियार प्रमूख लोकमान सिंह कार्कीमाथि महाअभियोग लगाएर कारवाही गर्न माग गरेको छ ।

महासचिव सुरेश आले मगरले विज्ञप्ति जारी गर्दै कार्की जनआन्दोलनका दमनकारी समेत रहेको भन्दै उनि रायमाझी आयोगले दोसी ठहर्याएका व्यक्ति समेत रहेको भन्दै कार्कीको नियुक्तीमै तत्कालिन शासक तथा नेताहरुले गल्ति गरेको बताएका छन् ।

विगतका खुंखार राजावानी कार्की लोकसेवा आयोगमा समेत अनुतिर्ण भएको तथा राजाको निगाहमा सरकारी सेवामा प्रवेश गरेको भन्द उनले प्रतिशोधपूर्ण तरिकाले आतंक मच्चाएको भन्दै उनिमाथि चालिएको महाअभियोग सही भएको भन्दै यस्तो विज्ञप्ति जारी गरेको छ ।

महासचिव
महाधिवेशन आयोजक समिति
आदिवासी÷जनजाति राष्ट्रिय महासंघ, नेपाल ।

आदिवासी/जनजाति राष्ट्रिय महासंघ, नेपाल
महाधिवेशन आयोजक समिति
मिति ः २०७३/७/९/३

प्रेस–वक्तव्य

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरूद्ध व्यवस्थापिका–संसदमा केही दिनअघि महाभियोग प्रस्ताव दर्ता भएको छ र त्यसले नेपालको राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाइरहेको छ ।

उक्त आयोग र त्यस्का आयुक्तलगायतका कर्मचारीहरूले देशमा महारोगको रूपमा रहेको भ्रष्टाचार तथा भ्रष्टाचारीहरूका विरूद्धमा जुन कार्वाहीहरू गरे र गरिरहेका छन्, त्यसप्रति कसैले विरोध, आलोचना, टिका–टिप्पणी आदि गरेका हैनन् किनकि त्यो त तिनीहरूको काम–कर्तव्य नै हो र ती जरूरी नै छन् । तर प्रमुख आयुक्त कार्कीले जुन मनोमानीपूर्ण एवं प्रतिशोधपूर्ण तरिकाले र सर्वत्र आतंक मच्चाउँदै निर्दोष व्यक्तिहरूमाथि पनि कार्वाहीको डण्डा बर्षाए र पछिल्लो समयमा अदालतको पनि अवज्ञा गर्ने कार्यहरू गरे, ती आलोचना र विरोध गर्नयोग्य मात्रै हैन, ती दण्डनीय पनि छन् । त्यसैले यति बेला उनका विरूद्ध चालिएको कदम एकदमै सही छ ।

स्मरण रहोस् — कार्की विगतमा खूंखार राजावादी भएकै कारण लोक सेवा आयोग पनि उत्तीर्ण नगरिकन तत्कालीन राजाको हुकुम प्रमांगीका आधारमा निजामति सेवा प्रवेश गरी मुख्य सचिवजस्तो सर्वोच्च ओहोदामा समेत पुगेका व्यक्ति मात्र हैनन्, २०६२/६३ सालको जनआन्दोलनका एक दमनकारी हस्ती पनि हुन् र रायमाझी आयोगले दोषी ठह¥याएका व्यक्तिसमेत हुन् । तर यस्तो व्यक्तिलाई पनि तत्कालीन शासकहरूले आयोगको प्रमुख आयुक्तमा नियुक्त गरेका थिए र जनस्तरबाट उनको नियुक्तिको सर्वत्र विरोध हुँदा पनि टेरपुच्छर लगाएका थिएनन् ।

संयोगवश त्यति बेलाका शासकहरूले गरेका गल्तीलाई पनि सच्च्याउने र गल्ती गर्ने व्यक्तिलाई कार्वाही गर्ने अवसर यति बेला आएको छ । त्यसैले लोकमान सिंह कार्कीविरूद्ध दर्ता भएको महाभियोगको प्रस्तावलाई बिना कुनै हिच्किचाहट अविलम्ब पारित गरियोस् भनी आदिवासी/जनजाति राष्ट्रिय महासंघ, नेपाल जोडदार माँग गदृछ ।

(सुरेश आले मगर)
महासचिव
महाधिवेशन आयोजक समिति
आदिवासी/जनजाति राष्ट्रिय महासंघ, नेपाल ।

20.12¡ÆC