लोकमानबारे काँग्रेस नबोल्ने, स्पष्टीकरणपछि मुख खोल्ने

कार्तिक ९, २०७३ मा प्रकाशित | 744 views

९ कार्तिक, काठमाडौं ।
अख्तियार प्रमुख लोकमासिंह कार्कीविरुद्ध संसदमा दर्ता महाभियोग प्रस्तावमा कांग्रेसले औपचारिक धारणा सार्वजनिक नगर्ने भएको छ ।

केन्द्रीय समितिको बैठकमा सदस्यहरुको धारणा सुनेपछि सभापति शेरबहादुर देउवाले लोकमाविरुद्ध लागेको आरोप र उनको स्पस्टीकरण सुनेपछि मात्रै औपचारिक निर्णयमा पुग्ने संकेत दिएका आजको अन्नपूर्णमा समाचार छ ।

‘लोकमानले आरोप कसरी जवाफ दिन्छन्, त्यसपछि मात्रै पार्टीको औपचारिक धारणा आउँछ’ देउवा निकट एक केन्द्रीय सदस्यले भने,’त्यसैले संसदको महाभियोग समितिले कार्कीमाथि लगाइएका सात आरोपबारे स्पस्टीकरण लिएपछि मात्रै कांग्रेसले निर्णय गर्छ ।’

कांग्रेसले कार्कीको स्पस्टीकरणपछि मात्रै औपचारिक निर्णय गर्ने भने पनि विपक्षमा मतदानको सम्भावना एकदमै न्यून रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web