स्ट्याण्डर्ड चार्टर्ड बैंकले एफपिओ जारी गर्ने

कार्तिक ७, २०७३ मा प्रकाशित | 916 views

७ कार्तिक, काठमाडौं ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको र्फदर पब्लिक अफरिङ एफपिओ जारी गर्ने भएको छ ।

बैंकले चालु आर्थिक वर्षभित्र उक्त रुपैंया बराबरको एफपीओ जारी गर्ने तयारी अघि बढाएको छ  ।

बैंकले पुँजी वृद्धि योजना सार्वजानिक गर्दै चुक्ता पुँजी बढाउनका लागि प्रिमियम मुल्यमा एफपीओ जारी गर्न लागेको हो ।

प्रिमियममा एफपिओ जारी गर्ने भनिएपनि कतिमा निष्काशन गर्ने भन्ने सन्दर्भमा नियामक निकायको छलफल पछि तय गरिने बैंकले जानकारी दिएको छ ।

हाल २ अर्ब ८१ करोड चुक्ता पुँजी रहेको बैंकको ३३ प्रतिशत बोनस शेयर घोषणा गरिसकेको छ । ३३ प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ७४ करोड रुपैयाँ पुग्ने देखिन्छ । त्यसपछि बैंकले ३ अर्ब ३० करोड बराबरको नयाँ सेयर निष्काशन गर्नेछ ।

एफपिओपछि बैंकको पूँजी ७ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ भने १ अर्ब रुपैयाँ बराबरको बोनस वितरण गरी ८ अर्ब पुँजी पुर्याउने गरी  बैकले  पुँजी योजनामा प्रस्तुत गरेको जनाएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web