हतियारधारीको आक्रमणमा सहायक बन अधिकृत सहित ५ घाइते

कार्तिक ७, २०७३ मा प्रकाशित | 701 views

७ कार्तिक, धनगढी ।
कैलालीको पहलमानपुर गाविस स्थित पचमुडिया इलाका वन कार्यालयमा हतियारधारी समूहले आक्रमण गर्दा सहायक बन अधिकृत सहित ५ जना घाइते भएका छन् ।

आठ जनाको हतियारधारी समूहले गएराती साढे ११ बजेतिर कार्यालय तोडफोड गर्दै कर्मचारीमाथी अन्धाधुन्ध आक्रमण गरेको बन कार्यालयले जनाएको छ ।

कैलालीका सहायक बन अधिकृत पूर्णशंकर यादवले हतियारी समूहको आक्रमणबाट सहायक बन अधिकृत दिलिप यादव, रेन्जर भुवन बिक सहित ५ जना घाइते भएको बताउनुभयो ।

गम्भिर घाइते नारायण झालाई थप उपचारका लागि धनगढी ल्याइएको र अन्यको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उहाले जानकारी दिनुभयो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले घटनाबारे जानकारी पाउने बित्तिकै आक्रमणकारीको खोजीका लागि भजनी, पहलमानपुर, हसुलियाबाट सुरक्षाक्रर्मी परिचालन गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web