राजश्व संकलन ५१ प्रतिशतले बढ्यो

कार्तिक ६, २०७३ मा प्रकाशित | 781 views

६ कार्तिक, काठमाडौं ।
चालु आर्थिक बर्षको भदौ महिनामा मुलुकको राजस्व संकलन ५१.६ प्रतिशतले बढेको छ । भदौमा राजस्व संकलन बढेर ८० अर्ब ४७ करोड पुगेको छ ।

गत बर्ष यसै अवधीमा राजस्व संकलन ३.६ प्रतिशतले घटेको थियो ।

मूल्य अभिवृद्धिकर, भन्सार तथा अन्तशूल्क लगायतका राजस्वका शिर्षकहरुमा उच्चदरले वृद्धि भएकोले राजस्व संकलन बढेको नेपाल राष्ट्र बैकले शुक्रवार जारी गरेको चालु आर्थिक बर्षको दुई महिनाको आर्थिक समिक्षा प्रतिवेदनमा उल्लेख छ ।

नेपाल राष्ट्रबैकले स्रोतको परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले नेपाल सरकारको ट्रेजरीमा २०० अर्ब ९० करोड मौज्दात रहेको पनि जनाएको छ ।

समीक्षा अवधीमा कुल आन्तरिक कर्जा ०.१ प्रतिशतले बढेको छ । गत बर्षको यसै अवधीमा यस्तो कर्जा २.४ प्रतिशतले घटेको थियो ।

बार्षिक विन्दुगत आधारमा भदौ मसान्तसम्ममा आन्तरिक  कर्जा २०.४ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web