मुलुक निर्माणमा ज्येष्ठ नागरिकको महत्वपूर्ण योगदान-राष्ट्रपति

कार्तिक ६, २०७३ मा प्रकाशित | 681 views

६ कार्तिक, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकले समाजको प्रगतिमा दिनुभएका महत्वपूर्ण योगदान राष्ट्रका महत्वपूर्ण सम्पत्ति भएको बताउनुभएको छ ।

मनमोहन स्मृति प्रतिष्ठानद्वारा यहाँ आज आयोजित ज्येष्ठ नागरिक महोत्सवको उद्घाटन गर्दै उहाँले सिङ्गो राष्ट्रको प्रतिमूर्तिका रुपमा ज्येष्ठ नागरिकको असल अनुभवलाई समाजको विकासमा ऊर्जाका रुपमा सदुपयोग गर्न सुझाव दिनुभयो ।

उहाले राज्यले पर्यटन र तीर्थाटनमा जाने वृद्धवृद्धाका लागि विशेष व्यवस्था गर्नुपर्ने, जेष्ठ नागरिकहरुका लागि मनोरञ्जन पार्क स्थापना गर्नुपर्ने र आवश्यकता अनुसार सामाजिक कानून निर्माण गरी वृद्धवृद्धा तथा बालबालिकाको सुरक्षामा ग्यारेण्टी गर्नुपर्ने उल्लेख गर्नुभयो ।

राष्ट्रपती भण्डारीले नया संविधानले जेष्ठ नागरिकको अधिकारलाई मौलिक अधिकारको रुपमा संस्थागत गरेको समेत बताउनु भयो ।

राष्ट्रपती भण्डारीले तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले वृद्धवृद्धाका लागि अबलम्बन गरेको सामाजिक सुरक्षा भत्ता दक्षिण एसियाकै नमूना भएको भन्दै यसले जेष्ठ नागरिकको जीवनयापनमा सहजता आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जेष्ठ नागरिकको औषधोपचारका लागी सातवटै प्रदेशमा जेष्ठ नागरिक अस्पताल स्थापना गर्नुपर्ने बताउनुभयो ।

उहाले जेष्ठ नागरिक समाजको अमुल्य सम्पती भएकाले परिवारका सवैले उनीहरुलाई माया र स्नेह दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले जेष्ठ नागरिकको मनोवल उच्च राख्दै उहाँहरुको सम्मानका लागी कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

दुई दिनसम्म चल्ने सो महोत्सवको पहिलो दिन आज १ नम्वर प्रदेशका ३ हजार सातसय जेष्ठ नागरिकलाइ प्रतिष्ठानले सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ । सम्मानीत हुनेमा १ सय बर्षभन्दा बढी उमेरका २२ जना हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web