६ कार्तिक, खोटाङ ।
सर्वसाधारणको गुनासो सुन्न र सुझाव संकलनका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ गाउँमा पुगेको छ । प्रहरी सेवालाई थप प्रभावकारी र जनमैत्री बनाउनका लागि जिल्ला प्रहरी कार्यालयले नुनथलाका सर्वसाधारणसँग भेटघाट गरेर गुनासो र सुझाव लिएको छ ।

‘नागरिक सुनुवाई’कार्यक्रमको सिलसिलामा गुनासो तथा सुझाव संकलनका लागि गाउँका सर्वसाधारणकहाँ पुगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नबिनकिशोर प्रधानले बताउनुभयो ।

‘शान्ति, सुरक्षा, विकास, सभ्य समाज निर्माणमा प्रहरीको भूमीकाका बिषयमा सुझाव लिन र प्रहरीप्रतिको गुनासो सुन्नका लागि नागरिक सुनुवाई गरिएको हो,’ प्रनाउ प्रधानले भन्नुभयो । समाजमा शान्ति स्थापनार्थ हिंसा, दुर्घटना, अपराधिक क्रियाकलापका बिषयमा तत्काल खबर गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

मध्यपहाडी लोकमार्गले छोएको नुनथलाका सर्वसाधारणलाई लैगिंक हिंसा र ट्राफिक नियमका विषयमा समेत जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय, सामुदायिक सेवा केन्द्र र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा शुक्रबार नुनथलामा जनचेतनामुलक कार्यक्रम गरिएको हो ।

स्थानीयले सभ्य र शान्तिपूर्ण समाज निर्माण, दुधकोसीको पुल तथा सडक निर्माणमा भइरहेको ढिलासुस्ती लगायतका बिषयमा समेत ध्यान दिन प्रहरीको ध्यानाकर्षण गराएका छन् । प्रनाउ प्रधानले प्रहरी जनताको घरदैलोमा पुगेर शान्ति सुरक्षा कायम गर्न सदैब जुटिरहेकाले निश्चिन्त बन्न सर्वसाधारणलाई आग्रह गनुभयो ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनमान खड्काले महिलामाथि घरेलु हिंसाले नै समाज असभ्य भएकाले त्यसको अन्त्यमा जोड दिनुभयो । यस्तै, ट्राफिक प्रहरीका सहायक प्रहरी निरीक्षक तेजबहादुर बस्नेतले ट्राफिक नियम पालन गरेर सवारीसधान चलाउन तथा चढ्न निर्देशन दिनुभयो ।

17.12¡ÆC