अब त केही बोलौं ! लोकमानसिंह कार्कीलाई जोगाउन भारत सक्रिय

कार्तिक ५, २०७३ मा प्रकाशित | 1219 views

५ कार्तिक, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले आफूलाई संसदको महाअभियोगबाट जोगाउन विभिन्न संयन्त्र प्रयोग गर्ने क्रममा कूटनीतिक समुदायलाई समेत उपयोग गरेका छन् ।

उनको बचाउमा भारतीय रिसर्च एन्ड एनालाइसिस विङ 'रअ' राजधानीमा सक्रिय भएको छ । उक्त विङले भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्रभावमा राख्न सक्ने केही कूटनीतिज्ञ, राजनीतिक दलका नेता तथा नागरिक समाजका व्यक्तिलाई समेत उपयोग गरिरहेको अधिकारीहरूले बताए ।

करिअरको त्रास, राजनीतिक पद र आर्थिक प्रलोभन देखाएर यस्ता प्रयास भइरहेको ती अधिकारीले जनाए । आजको कान्तिपुरमा खबर छापिएको छ ।

कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुनासाथ रअका नेपाल स्टेसन प्रमुख विवेक जोहरी राजनीतिक भेटघाटमा संलग्न हुन थालेका छन् । उनले विभिन्न राजनीतिक दलका शीर्ष तथा प्रभावशाली नेताहरूलाई भेटेका छन् ।

उनले मधेसी दलका नेताहरूदेखि सरकारमा रहेका तराई भेगका नेताहरूसँग बिहीबार दिनभर भेटघाट गरेको गृह मन्त्रालय उच्च स्रोतले बतायो ।

यसैबीच भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबार बेलुका नै भेटेर लोकमान प्रकरणबारे जिज्ञासा राखेका छन् । उनले कांग्रेस सभापति शेरबहदुर देउवासँग पनि टेलिफोन सम्पर्क गरेर यस विषयमा जिज्ञासा राखेका छन् ।

नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आएको छिमेकी देश भारतले यसरी एउटा कर्मचारी नियुक्तीमा दवाव दिएकोमा अहिले हटाउँदा समेत दवाव दिंदा समेत नेपालका राजनीतिक दल र नेताहरु चुपचाप बसेका छन् ।
अझ उदेक लाग्दो कुरा त के भने आफ्नो देशमाथिको यस्तो हस्तक्षेपमा जनस्तरबाट समेत व्यापक बिरोध र आवाज नउठ्नु झनै दुखद देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web