मौलिक चिनारी, परम्परा, राष्ट्रिय धर्म र राष्ट्रिय संवेदशीलतालाई बुझेर अघि बढ्नुपर्छ : पूर्वराजा

कार्तिक ४, २०७३ मा प्रकाशित | 923 views

४ कार्तिक, काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहले मौलिक चिनारी, परम्परा, राष्ट्रिय धर्म र राष्ट्रिय संवेदशीलतालाई बुझेर अघि बढे मुलुकमा दिगो शान्ति स्थापना हुने र विकासले फड्को मार्ने बताउनुभएको छ ।

विश्व हिन्दु महासंघको आयोजनामा अन्तर्राष्ट्रिय विराट हिन्दु महासम्मेलनको आज पशुपति वनकालीमा उद्घाटन गर्नुहुँदै पूर्वराजा ज्ञानेन्द्रले विश्व शान्ति सहिष्णुताको उपमाको रुपमा रहेको नेपालको आजको अवस्थाबारे सबैले सोच्ने बेला आएको बताउनुभयो ।

पूर्वराजा शाहले निषेधको राजनीतिले विद«ोह जन्मने सक्ने भन्नुहुँदै समाजका हरेक पक्ष र जातिको अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयो ।

मुलुकको विद्यमान अस्थिरताका कारण अन्र्तराष्ट्रिय हस्तक्षेप बढेको, जनतामा निरासा छाएको भन्नुहुँदै पूर्वराजा शाहले यस्तो परिस्थितिको सृजना कसरी भयो भन्ने प्रश्न जनताले गर्ने बेला आएको बताउनुभयो ।

आजदेखि सुरु भएको अन्र्तराष्ट्रिय विराट हिन्दु महासम्मेलन आगामी कार्तिक ६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web