चितवन, कात्तिक २ ।

काठमाडौंबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन्।

सशस्त्र प्रहरी बल, विपद् उद्धार तालिम केन्द्र कुरिनटारका प्रहरी उपरीक्षक गणेश थापाका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको यात्रु बस साँझ ८:४५ बजे त्रिशूलीमा खसेको हो।

बसको माथिल्लो भाग पानी बाहिर देखिएको र घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको उनले बताए। बसमा कति यात्रु सवार थिए भन्ने विवरण आउन बाँकी छ।

20.12¡ÆC