सार्क सम्मेलन गर्न नेपाल र श्रीलंकाले पहल गर्ने, मृत्युदण्ड दिएका नेपालीलाई माफि दिन प्रचण्डको आग्रह

अशोज ३०, २०७३ मा प्रकाशित | 1035 views

३० असोज, गोवा ।
१९ औं सार्क शिखर सम्मेलन छिटो आयोजना गर्न नेपाल र श्रीलंकाले पहल गर्ने सहमती गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरसेनाबीच आइतबार भारतको गोवास्थित एक होटलमा भएको भेटमा यस्तो प्रतिवद्धता जनाइएको छ ।

भेटमा प्रचण्ड र सिरसेना भारत पाकिस्तान तनावले स्थगित भएको सार्क सम्मेलन छिटो आयोजनाको पहल गर्ने सहमति भएको हो ।

पाकिस्तानमा हुने भनिएको १९ औं सार्क शिखेर सम्मेलन सदस्य राष्ट्र भारतले बहिस्कार गर्ने घोषणा गरेपछि स्थगित भएको छ । अध्यक्ष राष्ट्र नेपाललाई हाल सम्मेलन आयोजनाको पहल गर्नुपर्ने चुनौति छ ।

यसैबिच भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल र श्रीलंकाबीच सिधा हवाई सेवा सञ्चालनमार्फत् दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने पनि बताएका छन् ।=

भौगोलिक दृष्टिले नेपाल र श्रीलंका केही टाढा रहेपनि दुबै देशले दक्षिण एसियाको विकास र सम्बन्धमा मिलेर भूमिका खेल्नुपर्ने प्रचण्डको धारणा थियो ।

प्रधानमन्त्री प्रचण्डले लागूऔषधको अभियोगमा ललितपुरका चेतबहादुर थापालाई सुनाइएको मृत्युदण्डको फैसलाबारे पुनर्विचार गर्न श्रीलंकाका राष्ट्रपति सिरसेनालाई आग्रह पनि गरेका छन् ।

भेटवार्तामा श्रीलंकाली राष्ट्रपति सिरसेनाले नेपालको चासो सम्बोधन गर्ने आश्वासन दिएका थिए ।

भेटका अवसरमा प्रधानमन्त्रीले नेपालबाट श्रीलंकालाई ट्रान्जिट बनाएर खाडी मुलुकहरुमा नेपाली महिलाहरु लगिने गरिएकामा उक्त कार्य रोक्नका लागि पनि सिरसेनासँग अनुरोध गरेका थिए ।

श्रीलंकाली राष्ट्रपति सिरसेनाले नेपालसँग श्रीलंकाको सम्बन्ध मैत्रीपूर्ण रहेको भन्दै नेपालले राखेको चासोप्रति श्रीलंका सकारात्मक रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web