२८ असोज, विराटनगर ।
विराटनगर भन्सार कार्यालयले दशैं अवधिभरमा १० करोड ४३ लाख ८१ हजार राजश्व असुली गरेको छ ।

कार्यालयले सप्तमीमा अर्थात असोज २२ गते ३ करोड ५९ लाख असोज २३ गते १ करोड राजश्व असुली गरेको जनाएको छ ।

यसैगरी हिजो विहिवार ५ करोड ६९ लाख राजश्व असुली भएको भन्सार अधिकृत अर्जुन न्यौपानेले बताउनुभयो ।

नवमी , दशमी तथा एकादशी दशै विदा परेको भएतापनी सो अवधिमापनी भन्सार कार्यालयले १५ लाख राजश्व असुली गरेको अधिकृत न्युपानेले बताउनुभयो ।

सो अवधिमा तरकारी , फलफुल लगायतका समान विराटनगर भित्रिएका छन । विराटनगर भन्सार कार्यालयले दैनिक ६ करोड राजश्व संकलनगर्दै आएको छ ।

आज देखी सो लक्ष्य अनुसारको राजश्व संकलन हुन थालेको अधिकृत न्यौपानेले बताउनुभयो ।

16.6¡ÆC