थिमिको प्रसिद्ध कुभिन्डेजात्रा र सेतो घोडाजात्रा सम्पन्न

अशोज २६, २०७३ मा प्रकाशित | 1382 views

२६ असोज, भक्तपुर ।
विजयादशमीको अवसरमा मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिन्डेजात्रा आज सम्पन्न भएको छ ।

नेवार भाषामा खाँः भनेर चिनिने जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखी सुरु गरिएको  थियो ।

कुभिन्डेजात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजु दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ ।

बडादसैँको मध्यरातमा भक्तपुरमा हुने ऐतिहासिक तथा सांस्कृतिक महत्वको सेता घोडाजात्रा गएराति सम्पन्न भएको छ । सेता घोडाजात्रा प्रत्येक वर्ष विजयादशमीका दिनको राति हुने गर्छ ।

विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा गरी बिर्सजन पूजा सम्पन्न गरेपछि सेता घोडाजात्रा हुने परम्परा रहिआएको छ ।

जात्रा हुनु अघि सेतो घोडालाई एउटा भेडा बलि चढाइ सकेपछि घोडालाई भक्तपुर नगरमा डुलाइ घोडा जात्रा गर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web