बिजयादशमी विशेष । पहिलो पटक देशका प्रधानमन्त्रीले दशैंको टिका लगाएनन्

अशोज २५, २०७३ मा प्रकाशित | 1128 views

२५ असोज, काठमाडौं ।
आज नेपालीहरुको महान् चाड बिजया दशमी देशभर हर्षोल्लासपूर्बक मनाईदै छ ।

दसैघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना बिधिपूर्बक आज बिर्सजन गरिन्छ र श्री नबदुर्गा भबानीको प्रतिक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठुलाबडा एबं मान्यजनहरुबाट टीका र जमरा लगाईदै छ ।

आज बिजयादशमीको टीकाको साईत बिहान ८ः४५ मिनेट देखि दिनभरी नै रहेको पंचाग्न निर्णयाक समितिले जनाएको छ ।

मीठो खाने,राम्रो लाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एबं सद्भाब अभिबृद्र्धि गर्ने पर्बका रुपमा दश दिनसम्म मनाईने यो बडादशै पर्ब धार्मिक मात्र नभएर सामाजिक सांस्कृतिक पर्बका रुपमा समेत महत्वपूर्ण मानिन्छ ।

असत्यमाथि सत्यको बिजयका रुपमा मनाईने यो पर्ब पर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक राबणमाथि बिजय प्राप्त गरेको पुनीत सम्झनामा मनाउने पनि गरिन्छ ।

राम्रा राम्रा पोसाकमा सजिएका निधारभरि दही अक्षताका राता टीका लगाएर सिरमा जमरा सिउरेका मान्यजनहरुबाट टीका थाप्न जानेहरुको आज बिशेष चलहपहल देखिन्छ ।

स्वदेश वा बिदेशमा रहेका नेपालीहरु आजको दिन सपरिवार एकत्रित भई बिजयादशमीको टीका,जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्दछन् ।

राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका
बडादसैँको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न महानुभाव र  सर्वसाधारणलाई टीका लगाइदिनुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई पनि टीका लगाइदिनु भयो ।

राष्ट्रपति भण्डारीबाट पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुखलगायतले टीका तथा प्रसाद ग्रहण गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।

यसअघि बिहान ८ बजेर ४५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्यालबाट टीका तथा जमरा ग्रहण गर्नुभएको थियो ।

राष्ट्रपतिले परिवार र आफन्तजनलाई पनि सोही साइतमा  टीका लगाइदिनुभएको थियो ।

राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजे देखि हपरान्ह सम्म सर्वसाधारणलाई टिका लगाइदिनुभयो ।

कुमारीको हातबाट टीका ग्रहण
विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रुपमा पुजिँदै आएको कुमारीको हातबाट आज टीका ग्रहण गर्नेको घुइँचो लागेको छ ।

कुमारी जिविका बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाउनु भएको छ ।

कुमारीको हातबाट मूल नाइकेलगायतले टीका लगाएपछि सर्वसाधारणले उहाँको हातबाट टीका लगाउने परम्परा रहेको  छ ।

प्रधानमन्त्रीको दसैँ
प्रधानमन्त्री पुष्पकमल दाहालले बडादसैँ पारिवारिक जमघटका साथ मनाउनुभएको छ ।

उहाँले दसैँको टीका नलगाएपनि परिवार र आफन्तसँग बसेर सो चाड मनाउनुभएको उहाँका उपस्वकीय सचिव पूर्ण कार्कीले जानकारी दिनुभयो ।

सभापति देउवाद्वारा विजया दशमीको शुभकामना

यसै अबसरमा दिनुभएको शुभकामना सन्देशमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले विजया दशमी हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको र अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको बताउनुभएको छ ।

उपराष्ट्रपति पुनद्वारा विजयादशमीको शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि आज सन्देश दिदै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देशलाई प्रकृतिको सुन्दरतासँगै हाम्रा मौलिक संस्कार, संस्कृति तथा चाडबाडले झनै सुन्दर बनाइरहेको उल्लेख गर्नु भएको छ ।

ब्रह्मायणी जात्रमा हजारौँको भीड
प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा ब्रह्मायणी जात्रामा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप आज दर्शनार्थीको भीड लागेको हो ।

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन् । मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web