काठमाडौं ।
नेपाल राष्ट्र बैकले नोटको प्रयोग जतनका साथ गर्न सवैसंग अनुरोध गरेको छ ।

नोटमा रंग, अविर, अक्षता र पानी पर्दा नोटको आयु घट्ने भएकाले दक्षिणा दिदा वा लिदा, पूजा आजा गर्दा रंग र पानी नपारिकन सफाहातले मात्र नोटको प्रयोग गर्न र नोटको सुरक्षाका लागि नोटलाई कच्याककुच्चुक नपारिकन मनि व्याग वा पर्संको प्रयोग गरी नोटको जतन गर्न राष्ट्र बैकले अनुरोध गरेको हो ।

रंग वा अविर लागेका, केरमेर भएका र विग्रिएका नोट राष्ट्र बैकमा प्राप्त भए पछि बजारमा पठाउन नमिल्ने र यसलाई नष्ट गर्नुपर्ने भएकाले नोट जतनका साथ प्रयोग गर्न आग्रह गरिएको नेपाल राष्ट्र बैकका प्रवक्ता त्रिलोचन पगेनीले जानकारी दिनुभयो ।

५,१०,२०,५० र १०० दरका प्रति नोट छपाईमा २ देखि ३ रुपियासम्म खर्चहुने राष्ट्र बैकले जनाएको छ ।

राष्ट्र बैकले दशैका लागि विभिन्न दरका ९ अर्व ३० करोड रुपिया नयाँ नोट बजारमा ल्याएको छ ।

17.32¡ÆC