१० दिन बित्यो, घिमिरेका तीन दाजुभाइ अझै भेटिएनन्

अशोज १९, २०७३ मा प्रकाशित | 933 views

काठमाडौं,असोज १९  । सरकारले त्रिशूली नदीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीका लागि अनुभवी गोताखोरसहित पाँच सय ६० सुरक्षाकर्मी परिचालन गरेको छ । चितवनको दारेचोक–३ घोप्टेभीरमा ९ असोजमा जिप दुर्घटनामा परी हराइरहेका घिमिरेको खोजी तथा उद्धारका लागि सरकारले सयौँको संख्यामा सुरक्षाकर्मी परिचालन गरिरहेको हो । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले घिमिरेको खोजीका लागि दुर्घटना भएको दिनयता चितवनका प्रमुख जिल्ला अधिकारी वसन्त कुँवरको संयोजकत्वमा अनुभवी गोताखोर, विभिन्न प्रविधि र उपकरणसहित परिचालन गरेको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा गृहमन्त्री निधिले विशेष समय लिएर बोल्दै सो जानकारी गराएका हुन् ।

घिमिरेको खोजी तथा उद्धारका लागि सरकारले चितवनका प्रमुख जिल्ला अधिकारी वसन्त कुँवरको संयोजकत्वमा सशस्त्र प्रहरी, विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका एसएसपीको कमान्डमा ६० जना, जिल्ला प्रहरी कार्यालय चितवनका एसपीको कमान्डमा ३० जना, नेपाली सेनाको विपत् व्यवस्थापन गण चितवनका क्याप्टेनको कमान्डमा ३० जना परिचालन गरिएको गृहमन्त्री निधिले जानकारी दिए । त्यस्तै, नारायणी नदीको तल्लोतटीय क्षेत्रमा थप चार सय ४० सुरक्षाकर्मी परिचालन गरी खोजी भइरहेको उनको भनाइ छ । ‘उहाँ (घिमिरे)को खोजीकार्यलाई सरकारले निरन्तरता दिइरहेको छ,’ मन्त्री निधिले भने, ‘अत्याधुनिक प्रविधि र उपकारणसहित सुरक्षाकर्मीहरू परिचालन गरी खोजीकार्य अझै जारी छ ।’

सरकारले घिमिरेको खोजीका लागि इमर्जेन्सी फल्ड लाइटसहितका डुंगाहरू, वाटर फुड, अन्डर वाटर क्यामेरासहित सोलारजस्ता उपकरण तथा प्रविधिको प्रयोग गरेको छ । घिमिरेको खोजीका लागि सरकारले सशस्त्र प्रहरीका र देशभित्रका अन्य अनुभवी गोताखोर परिचालन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घिमिरेको खोजीकार्यलाई प्रभावकारी बनाउन दिएको निर्देशन अनुसार खोजीकार्य तीव्र पारिएको गृहमन्त्री निधिको भनाइ छ ।

९ असोजमा भएको दुर्घटनामा पूर्वमन्त्री घिमिरेका तीन दाजुभाइ अझै बेपत्ताकै स्थितिमा छन् । तर, परिवारका सदस्यहरूले भने कुशको शव बनाई उनीहरूको सांस्कृतिक रूपमा दाहसंस्कार गरिसकेका छन् । दुर्घटना भएकै दिन घिमिरेकी आमा लक्ष्मी घिमिरे, आफन्त नारायण काफ्ले, अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्कीको शव फेला परेको थियो । सोही गाडीमा रहेका नेपाल प्रहरीका हवल्दार विष्णु राईलाई दुर्घटनास्थलबाट जीवितै उद्धार गरी अस्पताल भर्ना गरिएको थियो भनेर आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web