१६ असोज, काठमाडौं ।
असक्षम भएर फिर्ता बोलाइsएका काँग्रेस नेता दीपकुमार उपाध्यायको नाममा संसदीय सुनुवाई विशेष समितिमा बिरोध भएपनि समितिले सर्वसम्मत रुपमा चीनका लागि नेपाली राजदूतमा लिलामणी पौडेलको नाम अनुमोदन गरेको छ ।

नेपाल सरकारका पूर्व मूख्य सचिव समेत रहेका पौडेलमाथिको सुनुवाईका क्रममा सत्ता साझेदार दलहरु प्रस्तावक बन्दा बिपक्षि दल नेकपा एमाले र राप्रपा नेपालले सहि व्यक्ति भन्दै सहमती दिएका छन् ।

तर भारतका लागि राजदूत रहँदा भारतप्रति बफादार हुँदै नेपाल पक्षमा काम नगरेको पाइएपछि सरकारले यसअघि फिर्ता बोलाएपनि काँग्रेसको दवावमा वर्तमान सरकारले पुन सिफारिस गरेका दीपकुमार उपाध्यायको बिरोध भएको छ ।

सत्तासाझेदार माओवादी र काँग्रेसले उनको बचाउ र सर्वसम्मतको प्रयास गरेपनि नेकपा एमाले र राप्रपा नेपालले उपाध्यायको सिफारिसको बिरोध गरेको छ ।

संसदीय विशेष सुनुवाई समितिको आइतवारको बैठकमा पौडेलको नाम सर्वसम्मत हुँदा उपाध्यायको नाममा सहमती जुट्न सकेन ।

समितिका सभापति केबी गुरुङले पौडेलको नाम अनुमोदनका लागि प्रस्ताव गर्दा सबै सदस्यले सहमति जनाएका हुन् ।

एमालेका सांसदहरुले भारतका लागि राजदूत सिफारिस भएका उपाध्याय मुलुकको दूत भन्दा पनि अर्कै देशको हितमा काम गर्ने व्यक्ति भएको भन्दै उनको नाममा सर्वसम्मति गर्न नसकिने बताएका थिए ।
तर बहुमतको आधारमा सरकारले चरम बिवादीत उपाध्यायको नाम बहुमतको आधारमा अनुमोदन भएको बताएको छ ।

राजदूतको नाम अनुमोदन गर्दा समिति नै बिभाजित भएको यो पहिलो पटक हो । एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संसदीय सुनुवाइमै सर्वसम्मत हुन नसकेका व्यक्तिले समग्र देशको प्रतिनिधित्व गर्न नसक्ने बताए ।

उपाध्याय नेपाली कांग्रेसका नेता हुन् । पूर्वमन्त्री समेत रहेका उनी गत संविधानसभा चुनावमा कपिलबस्तु १ मा एमालेका बलराम अधिकारीसँग पराजित भएका थिए ।

19.12¡ÆC