मुस्ताङमा चारहजार चारसय मेट्रिकटन स्याउ उत्पादन भएको

अशोज १४, २०७३ मा प्रकाशित | 908 views

१४ असोज, मुस्ताङ ।
मुस्ताङ जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिनुभयो । यस वर्षको उत्पादन भने गत बर्षभन्दा ४०० मेट्रिक टन कम हो

लामो समयसम्म खडेरी पर्नु र स्याउको फूल फुल्ने बेला तुसारो परेकाले उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ

वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले जिल्लाका १६ गाविसमध्ये टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र घमीमा मात्र स्याउ उत्पादन हुनेगरेको बताउनुभयो ।

यस वर्ष मुस्ताङका किसानले व्यापारीलाई बोटबाटै प्रतिकिलो ८० देखि १०० रुपैयासम्ममा स्याउ बिक्री गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web