‘जय स्वाभिमान’का प्रेम बानियाँ सपरिवार अमेरिका पलायन

अशोज १३, २०७३ मा प्रकाशित | 1958 views

१३ असोज, काठमाडौं ।
न्युज ट्वान्टीफोर टेलिभिजनमा कार्यरत चर्चीत टेलिभिजन कार्यक्रम जय स्वाभिमानका प्रस्तोता पत्रकार प्रेम बानियाँ सपरिवार अमेरिका पलायन भएका छन् ।

पुष्टि नभइसकेपनि अमेरिकी डिभी चिट्ठा परेर अमेरिका प्रस्थान गरेका प्रेम बानियाँलाई नेपाली टेलिभिजनमा राष्टियताको बारेमा आफुलाई खरो रुपमा प्रस्तुत गर्ने पत्रकारका रुपमा चिनिने गरिन्थ्यो ।

एभिन्युज टेलिभिजनको खबर भित्रको खबर कार्यक्रमबाट चर्चीत बन्दै १ दशक बढी नेपाली पत्रकारीतामा चर्चीत पत्रकारको रुपमा गनिने बानियाँको अमेरिका पलायनलाई विश्वभर रहेका नेपालीहरुले सामाजिक सञ्जालमो विभिन्न टिप्पणी गरेको पाइएको छ ।

गुपचुप अमेरिका पलायन भएका बानियांले आफ्ना अति निकटहरुलाई समेत अमेरिका जाने कुरा नबताएको पाइएको छ ।
देशभित्रै केही गरेर देखाउनुपर्ने र सबै संभव भएको बताउने गरेका पत्रकार बानियाँको पलायनपछि नेपाली पत्रकारितामा पत्रकारहरुको अवस्था र पलायनको विषयमा समेत सामाजिक सञ्जालहरुमा चर्चा भएको छ ।

कतिपयले खोक्रो देशभक्तीका कुरा गरेर मौकामा चौका हान्ने व्यक्तिका रुपमा बानियाँलाई टिप्पणी गरेको पाइन्छ भने कतिपयले अवसरलाई बुझेर बिदेश गएको भन्दै व्यक्तिगत अधिकार र कदम भएको भन्दै यसमा धेरै टिप्पणी आवश्यक नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा नेपाली पत्रकारीतासँग आवद्ध व्यक्तिहरुले नेपालमा पत्रकारिता गरेर मिडिया मालिकहरुमात्र मोटाउने भन्दै पत्रकारको अवस्थाको नाजुक अवस्थाको प्रतिक बानियाँको बिदेश पलायन भएको बताएका छन् ।

अमेरिकामा कुन ठाउँमा रहने र उनले के पेशा अपनाउने खुलीसकेको छैन । अति निकटका मित्रहरुलाई ५ ७ बर्ष बसेर नेपाल फर्कने बताएको भनिएका पत्रकार बानियाँले केही समयअघि नेपाल फर्कीएका अर्का चर्चीत टेलिभिजन प्रस्तोता नारायण श्रेष्ठसँगको सल्लाह र छलफलपछि अमेरिका प्रस्थानको निर्णय गरेको बताइन्छ ।

स्मरणीय छ पत्रकार श्रेष्ठपनि बिबिसी नेपाली सेवामा कार्यरत रहेकै अवस्थामा अमेरिका लागेका थिए । उनी हाल अमेरिकामै सपरिवार बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web